२२ आश्विन २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
उपनिर्वाचनका लागि दल दर्ता आह्वान, केके चाहिन्छ कागजात ?
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारराजनीतिसूचना / प्रबिधिस्थानीय तह

उपनिर्वाचनका लागि दल दर्ता आह्वान, केके चाहिन्छ कागजात ?

चितवन। निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ । आयोगले आजदेखि असोज १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो।

Nepal Himalayas Tours and Travel

आयोगले आज एक सूचना जारी गर्दै संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐनको दफा ४ अनुसार उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरेको हो । स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते हुँदैछ। त्यसका लागि मंसिर २ गते उम्मेदवारी दर्ता गर्ने आयोगको कार्यसूची छ।

आयोगको यो निर्णयसँग तत्कालीन एकीकृत माओवादी र एमालेबीच एकीकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नयाँ शक्ति र संघीय समाजवादी फोरम एकीकरण भई बनेको समाजवादी पार्टी नेपाल दर्ता हुनुपर्नेछ। त्यसैगरी सिके राउत नेतृत्वको जनमत पार्टी पनि निर्वाचनमा भाग लिन चाहे आयोगमा दर्ता हुनुपर्नेछ।

दल दर्ताका लागि निवेदन दिँदा राजनीति दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने छ । यस्तै दलको विवरण, वार्षिक लेखा परीक्षण प्रतिवेदन, संगठनात्मक स्वरूपसहितका आवश्यक कागजात दल दर्ताका लागि निवेदन दिँदा पेस गर्नुपर्ने आयोगको सूचनामा उल्लेख छ ।

आयोगका अनुसार हाल प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, स्थानीय तहअन्र्तगतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष ४, नगरपालिका प्रमुख १ र वडाध्यक्ष ४२ गरी ५१ पदमा उपनिर्वाचन हुनेछ। यसरी पद रिक्त भएर उपनिर्वाचन हुन लागेका जिल्लाको संख्या ३६ छ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button