१३ कार्तिक २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
शनिबारदेखि दशैं लक्षित अग्रिम टिकट बुकिङ खुल्ला, कहाँ जान कति भाडा ?
Banner NewsBanner news (with photo)ताजा समाचारदेशपर्यटनप्रवासमुख्य समाचारसफलताको कथासूचना / प्रबिधि

शनिबारदेखि दशैं लक्षित अग्रिम टिकट बुकिङ खुल्ला, कहाँ जान कति भाडा ?

चितवन। आगामी शनिबारदेखि चाडपर्वलाई लक्षित गरी सार्वजनिक यातायतको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको छ। यातायात व्यवस्था विभागको नेतृत्वमा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो।Nepal Himalayas Tours and Travel

यस वर्षको दसैँ तिहार र छठ पर्वमा काठमाडौं उपत्यका बाहिर जाने र काठमाडौं उपत्यका प्रवेश गर्दा यात्रा सहज र सुरक्षित बनाउने सम्बन्धमा आयोजित बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायीलगायत सरोकार भएकाहरूको उपस्थिति रहेको थियो।

बैठकमा चाडपर्वलाई लक्षित गरी यातायात व्यवस्थापनमा सहजता ल्याउन सार्वजनिक यातायात सेवा प्रदायकहरूले मध्यम तथा लामो दूरीका यातायातका लागि शनिबारदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिएको विभागले जनाएको छ। बैठकले अग्रिम टिकट बुकिङ गर्दा अनलाइनबाट समेत टिकट लिने गरी व्यवस्था मिलाइने निर्णय गरिएको विभागका निर्देशक/प्रवक्ता ईश्वरी दत्त पनेरुले जानकारी दिए।

उनकानुसार अग्रिम टिकट बुकिङ तथा उपत्यकाबाट बाहिरिने र उपत्यका भित्रिने यात्रुवाहक सवारीसाधनको विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, ल्होत्से बहुउद्देश्य प्रालि, उपभोक्ता सम्बद्ध संस्थासँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्ने/गराउने र यात्रुलाई मादक पदार्थ सेवन गरी यात्रा नगर्न आग्रह गर्ने निर्णय भएको छ।

सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा अनिवार्य रूपमा टिकट लिएर मात्र यात्रा गर्न र सम्बन्धित काउन्टरबाट यात्रुको परिचय खुल्ने विवरणसहितको चलानी लिएर मात्र सवारी सञ्चालन गर्ने, सवारी चालकले यात्रुलाई खाना/खाजा खुवाउने स्थानमा भीडभाड नहुने गरी व्यवस्था गर्ने/गराउने निर्णय गरिएको छ। प्रवक्ता पनेरुले भने, ‘अनधिकृत काउन्टर, परिचयपत्र, पोशाक नभएका व्यक्तिबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्णतयाः नियन्त्रण गर्ने/गराउने, मुख्य सडकलाई मर्मतसम्भार गरी यातायात सञ्चालनलाई सहज बनाउन सम्बन्धित निकायलाई अनुरोध गरी पठाउने निर्णय पनि भएको छ।’

यसैगरी यातायात आवागमन सहज बनाउन खाद्यान्नलगायत अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने बाहेकका ट्रेलरलगायत ठूला सवारीसाधन असोज १७ गते घटस्थापनादेखि कात्तिक १ गते पूर्णिमासम्म नारायणघाटदेखि काठमाडौंसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय भएको छ।

यात्रुहरूलाई सहजीकरण गर्न उपत्यकाको नागढुंगा, कलंकी, स्वयम्भु, हलचोक, माछापोखरी, नयाँ बसपार्क, चावहिल, तिलगंगा, कोटेश्वर, जगाति, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा तथा काभ्रेको साँगामा सिप्रदी/नाडाको सहयोग र काठमाडौं महानगरपालिकाको सहकार्यमा नागरिक सहायता कक्ष स्थापना गर्नेसमेत बैठकले निर्णय गरेको विभागले जनाएको छ।

चाडपर्व अवधिभर अनुगमनका लागि यातायात व्यवस्था विभागले सराकार भएका निकाय सम्मिलित अनुगमन टोली गठन गर्ने र यस कार्यमा प्रदेशको यातायात मन्त्रालय सहयोग लिने, चाडपर्व लक्षित सवारीसाधन व्यवस्थापन गर्ने सिलसिलामा सडकको अवस्था र प्राकृतिक प्रकोपजस्ता कारणले काबुबाहिरको परिस्थिति सिर्जना भई समयमा सवारी साधन पुग्न नसकेमा विकल्पका रूपमा सम्बन्धित यातायात कम्पनी (व्यवसायी) ले अर्को सवारी साधन उपल्बध गराउने।

काठमाडौंउपत्यका ट्राफिक प्रहरी कार्यलयका प्रवक्ता विश्वराज खड्काले चाडपर्वमा आवतजावत गर्नेको चाप बढ्दा दुर्घटना बढ्ने सम्भावना रहेकाले दुर्घटना न्यूनीकरणका लागि कडाइका साथ चेकचाँज गरिने प्रतिबद्धता जनाए।

आवश्यक सवारी साधनहरुको व्यवस्था यातायात व्यवसायीले गर्ने र यातायात आवागमनमा सहज बनाउन खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरुको ढुवानी गर्ने बाहेकका ट्रेलर लगायतका ठूला सवारी साधनहरु मिति १५ असोजदेखि २२ गतेसम्म नारायणगढदेखि काठमाडाैंसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय पनि भएको छ । यात्रुवाहक सवारी साधनलाई घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गर्ने निर्णय पनि भएको छ ।

दशैंमा कहाँ जान कति रुपैयाँ लाग्छ, हेर्नुहोस् भाडा दर:

transport rate अन्तरप्रदेशभाडादर

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button