५ जेष्ठ २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
बागमती प्रदेशमा सोमबारदेखि नेपाल र तामाङ पनि कामकाजी भाषा, उक्त अवसरमा सार्वजनिक बिदा
Banner NewsBanner news (with photo)ताजा समाचारदेशप्राविधिक समाचारमुख्य समाचारराजनीतिवाग्मती प्रदेशसफलताको कथासाहित्य/ सिर्जनासूचना / प्रबिधिस्थानीय तह

बागमती प्रदेशमा सोमबारदेखि नेपाल र तामाङ पनि कामकाजी भाषा, उक्त अवसरमा सार्वजनिक बिदा

नेपाल र तामाङ पनि कामकाजी भाषा

हेटौंडा। बागमती प्रदेशमा सोमबारदेखि नेपाल र तामाङ भाषा पनि कामकाजी भाषा भएको छ। सरकारले जारी गरेको प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८०  आजदेखि कार्यान्वयनमा आएको हो।

बागमती मन्त्रिपरिषद्को बैठकले प्रदेशमा सरकारी कामकाजको भाषा प्रयोगमा ल्याउने क्रममा आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

बागमती प्रदेशसभाबाट ‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०’ गत २०८० असोज २२ मा पारित भएको थियो। गत कार्तिक २३ गतेका दिन प्रदेश राजपत्रमा प्रकाशित गरिएको हो। राजपत्रमा प्रकाशित भएको सोमबार १८० दिन पुगेको छ। प्रकाशित भएको १८० औं दिनमा कार्यान्वयनमा जाने कानुनि व्यवस्था रहेको छ।

काठमाडौँको वसन्तपुरमा एक औपचारिक कार्यक्रम गरि उक्त घोषणा गर्ने तयारी गरिएको छ। कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को समेत उपस्थिति रहनेछ।

नेपाल र तामाङभाषा पनि कामकाजी भएको अवसरमा बागमती प्रदेश सरकारले  सोमबार सार्वजनिक बिदा दिएको छ।

नेपाल राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा. भागवत आचार्य संघीय सरकारअन्तर्गत पर्ने भएकाले प्रदेश सरकारको बिदामा राष्ट्र बैंक बन्द नहुने बताउँछन् । उनका अनुसार बैंक तथा वित्तीय संस्थाहरू व्यावसायिक प्रयोजनका लागि सञ्चालन हुने भएकाले प्रदेश बिदामा बन्द हुँदैनन् ।

प्रदेशमा बिदा भए पनि सेयर बजारमा भने खुला रहने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रवक्ता मुराहरि पराजुलीले बताए । उनका अनुसार सेयर बजार संघीय सरकारले गरेको निर्णयले मात्रै बन्द हुन्छ । प्रदेश सरकारको बिदाले नेप्से कारोबार बन्द नहुने उनको भनाइ छ ।

प्रदेश सरकारले सार्वजनिक बिदा गरे पनि निजी क्षेत्रबाट सञ्चालित स्कुल, कलेज, अस्पताल, उद्योग, कारखाना नियमितरूपमा सञ्चालन हुनेछन् । त्यस्तै, निर्माण, सार्वजनिक यातायात, सञ्चार, स्टेशनरी, औषधी पसल, डेरी, कृषिमा आधारित सबै व्यवसाय, खुद्रा व्यापार, होटल, रेष्टुरेन्टलगायत क्षेत्रमा संघीय, प्रदेश वा पालिका स्तरको बिदामा कुनै प्रभाव देखिँदैन ।

नेपाल र तामाङ पनि कामकाजी भाषा
नेपाल र तामाङ पनि कामकाजी भाषा

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker