२ आश्विन २०८१, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
कक्षा १२ को नतिजा सार्वजनिक भएको छ : यसरी हेर्न सकिन्छ नतिजा
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारशिक्षासफलताको कथासूचना / प्रबिधि

कक्षा १२ को नतिजा सार्वजनिक भएको छ : यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौँ । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार अहिले बोर्डको बैठक बसिरहेको र नतिजालाई वेबसाइटमा राख्ने काम भइरहेको छ ।

वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म देशभरका परीक्षा केन्द्रमा कक्षा १२ को परीक्षा सञ्चालन भएको थियो । करिब साढे ४ लाख विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

कक्षा१२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइट www.neb.gov.np/results र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरिएको छ ।

त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि NEB लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नं मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ ।

कक्षा १२ को नतिजा सार्वजनिक

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button