१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
पेट्रोलियम पदार्थ अन्वेषणका लागि दैलेखमा ‘ड्रिलिङ’ शुरु, ४५ रोपनी जग्गा अधिग्रण – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारसफलताको कथासूचना / प्रबिधिस्थानीय तह

पेट्रोलियम पदार्थ अन्वेषणका लागि दैलेखमा ‘ड्रिलिङ’ शुरु, ४५ रोपनी जग्गा अधिग्रण

दैलेख । दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषणका लागि ‘ड्रिलिङ’ को काम शुरु भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र चाइना जियोलोजिकल सर्भे प्रोजेक्ट इन्चार्ज डा. याङ्ग पिङ्गले २३ गते उत्खनन स्थलमा नेपाल र चीनको राष्ट्रिय झण्डोत्तोलन गरेर ‘ड्रिलिङ’ कार्य शुभारम्भ गर्नुभएको हो ।

नेपाल सरकार र चीन सरकारबीच सन् २०१६ मा भएको सम्झौताअनुसार अन्वोषणका लागि ‘ड्रिलिङ’ शुरु भएको हो । यसअघि दैलेखका चार वटा ठाउँमा विभिन्न चरणमा गरिएका भौगर्भिक ‘सर्भे’ बाट पेट्रोलियम पदार्थ बढी भण्डारण पाइएको र उत्खननमा सहज हुने निष्कर्षसहित भैरवी गाउँपालिका–१ जलजलेमा ‘ड्रिलिङ’ शुरु गरेको पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख दिनेश नापितले बताउनुभयो ।

अन्वेषणका लागि सरकारले जलजलेका २७ घरपरिवारको ४५ रोपनी जग्गा अधिग्रण गरिदिएको छ । ‘ड्रिलिङ’ का लागि एक सय ७५ ट्रक सामग्री ‘ड्रिलिङ’ स्थलमा पुर्‍याइएको छ । अबको दुई महिनामा चार किलोमिटर तलसम्म ‘ड्रिलिङ’ गर्ने लक्ष्य छ ।

प्रारम्भिक अध्ययनअनुसार जलजलेसमा नेपालका लागि झन्डै १० वर्षलाई पुग्ने पेट्रोलियम पदार्थ भएको अनुमान छ । तर भित्र भएको भण्डारण, निकाल्न सकिने सम्भावना, गुणस्तरलगायतका बारेमा भने ‘ड्रिलिङ’ को प्रतिवेदन पछि मात्रै थाहा हुनेछ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button