५ जेष्ठ २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
नेपालको जनसङ्ख्या वृद्धिदर १ प्रतिशतभन्दा तल, औसत आयु ७१.३ वर्ष पुग्यो - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारस्वास्थ्य

नेपालको जनसङ्ख्या वृद्धिदर १ प्रतिशतभन्दा तल, औसत आयु ७१.३ वर्ष पुग्यो

काठमाण्डौं । नेपालको जनसङ्ख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको जनसङ्ख्या साक्षरता पुस्तक तथा जनसाङ्ख्यिक सूचकहरू अनुसार नेपालको वार्षिक जनसङ्ख्या वृद्धिदर शून्य दशमलव ९२ प्रतिशतमा झरेको हो । यो वृद्धिदर जनगणना शुरु भएको ८० वर्षको इतिहासमा सबैभन्दा कम रहेको जनसङ्ख्या शाखाका निर्देशक ढुण्डिराज लामिछाने जानकारी दिनुभयो ।

यस्तै एक जना महिलाले औसतमा बच्चा जन्माउने दर पनि दुई प्रतिशतभन्दा तल झरेको छ । एउटा महिलाले आफ्नो जीवनकालमा औसतमा एक दशमलव ९४ जना बच्चा जन्माउने गरेको देखिएको लामिछानेले जानकारी दिनुभयो । जनसङ्ख्याको मापदण्डअनुसार औसतमा एक जना महिलाले दुई दशमलव एक अर्थात् १० जना महिलाले २१ वटा बच्चा जन्माएमा जनसङ्ख्या स्थिर रहन्छ । तर महिलाको प्रजनन दर दुई प्रतिशतभन्दा पनि तल गएको देखिएकाले यो विषयलाई सरकारले समयमै सम्बोधन गर्नुपर्ने निर्देशक लामिछानेले बताउनुभयो ।

यस्तै देशमा छोरी जन्माउने दर पनि घट्दै गएको देखिएको छ । छोरीहरूको सङ्ख्या घट्दा जन्मदर तीव्र गतिमा घट्दै जाने खतरा हुन्छ ।

शिशु मृत्युदरमा भने सुधार आएको छ । २०६८ सालको जनगणनामा जीवित जन्मिएका एक हजार जना शिशुमध्येमा पाँच वर्ष नपुग्दै ४० जनाको मृत्यु हुने गरेको थियो । यो सङ्ख्या १७ जनामा झरेको छ ।

यस्तै नेपालको कुल औसत आयु ७१ दशमलव तीन वर्ष पुगेको छ । पुरुषको ६८ दशमलव दुई वर्ष र महिलाकाे ७३ दशमलव आठ वर्ष रहेको छ । पुरुष र महिलाको मृत्युको अन्तर बढ्दै गएको छ । नेपालमा एकल परिवार अर्थात् बाबुआमा र छोराछोरी मात्रै बस्ने परिवारको सङ्ख्या ६० प्रतिशत पुगेको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker