४ आश्विन २०८१, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
झण्डै आठ करोड मूल्य बराबरको कोकिन सहित तीनजना अन्तर्राष्ट्रिय गिरोहका सदस्यहरु पक्राउ
Banner NewsBanner news (with photo)अन्तरास्ट्रियताजा समाचारप्रवासबिचित्रमुख्य समाचारसुरक्षा/अपराध

झण्डै आठ करोड मूल्य बराबरको कोकिन सहित तीनजना अन्तर्राष्ट्रिय गिरोहका सदस्यहरु पक्राउ

काठमाडौं । नेपाल प्रहरीले अवैध लागुऔषध कोकिन सहित कोकिनका अन्तर्राष्ट्रिय कारोबार गर्ने तीनजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले काठमाडौंका विभिन्न स्थानबाट २ किलो ६५४ ग्राम अवैध लागुऔषध कोकिन सहित तीन जना महिलालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ गरिएका सबै अन्तर्राष्ट्रिय गिरोहका सदस्य भएको प्रहरीले बताएको छ ।

Nepal Himalayas Tours and Travel

पत्रकार सम्मेलनमा लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक गाविन्द थपलियाले पक्राउ पर्नेमा युगाण्डाकी ४४ वर्षीया केभिना मुगाला, युगाण्डाकै लिलियान सुसन वानयाङजी र भारतीय नागरिक ३३ वर्षी दिवा जनी पल रहेको बताउनुभयो ।

वरिष्ठ उपरीक्षक थपलियका अनुसार केभिनाले निलेका ९० वटा कोकिनका क्याप्सुल नेपाल प्रहरी अस्पताल महाराजगञ्जबाट उपचार पद्धतिबाट निकालिएको छ । पेटभित्रबाट निकालिएका क्याप्सुलको तौल १ किलो २६० ग्राम रहेको छ ।

जेठ २ गते धोबिचौरबाट पक्राउ परेका वानयाङजीको साथबाट १ किलो ३९४ ग्राम कोकिन फेला परेको छ । पल भने १ किलो ३९४ ग्राम कोकिन किन्न धोबीचौर पुगेको बेलामा पक्राउ गरिएको थपलियाले जानकारी दिनुभयो ।

प्रहरी वरिष्ठ उपरीक्षक थपलियाका अनुसार बरामद गरिएको अवैध लागुऔषध कोकिन २ के.जी. ६५४ ग्रामको अवैध बजारमूल्य ७ करोड ९६ लाख रहेको छ । निजहरुविरुद्ध लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप भइ अनुसन्धान भइरहेको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button