६ जेष्ठ २०८१, आईतवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
जिम्बाबेमा खडेरीको कारण सय हात्तीको मृत्यु - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारबिचित्रमुख्य समाचारसुरक्षा/अपराध

जिम्बाबेमा खडेरीको कारण सय हात्तीको मृत्यु

हरारे । जिम्बाबेमा खडेरीको कारण कम्तिमा एक सय वटा हात्ती मरेका छन् ।

जिम्बाबेस्थित हृाङग्रे राष्ट्रिय निकुञ्जमा एल निनो नामक खडेरीका कारण कम्तीमा एक सय वटा हात्तीको मृत्यु भएको अन्तर्राष्ट्रिय पशु कल्याण तथा संरक्षण समुहले सोमबार जनाएको छ ।

पशु कल्याणको लागि अन्तर्राष्ट्रिय कोषले सार्वजनिक गरेको विज्ञप्ति अनुसार  हाल सो खडेरीका कारण ग्रीष्मकालीन वर्षा सामान्यभन्दा पाँच हप्ता ढिलो शुरु भएको छ । जसका कारण  झण्डै ४५ हजार हात्तीको बास स्थान रहेको जिम्बाबेको सबैभन्दा ठूलो संरक्षित क्षेत्र ह्वान्गे राष्ट्रिय निकुञ्जमा दर्जनौं हात्तीहरू मरेका छन् ।

कम्तीमा पनि एक सय हात्तीहरू पानीकै अभावका कारण मृत्यु भएको कोषले उल्लेख गरेको  छ । संस्थाको पार्कमा रहेका १०४ वटा सौर्य ऊर्जाबाट चल्ने बोरहोल चरम तापक्रमसँग मिलाउन अपर्याप्त रहेको बताईएको छ ।

खडेरीले गर्दा पानीका मुहान सुक्दै गएको र वन्यजन्तुलाई खाना र पानीको खोजीमा लामो दूरीसम्म हिँड्न बाध्य पारेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker