१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
प्रधानमन्त्री प्रचण्ड : भ्रष्टाचारका अझै ठूला फाइल खुल्छन्,अब भूमाफिया र दलालका फाइल खोल्छु – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचारमुख्य समाचारराजनीतिसुरक्षा/अपराध

प्रधानमन्त्री प्रचण्ड : भ्रष्टाचारका अझै ठूला फाइल खुल्छन्,अब भूमाफिया र दलालका फाइल खोल्छु

रुकुम । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारका अझै ठूला ठूला फाइल खोल्ने बताएका छन् ।

रुकुम पश्चिमको मग्मा पुगेका प्रधानमन्त्री ले सुशासन सरकारको पहिलो प्राथमिकता भएकाले भ्रष्टाचारको अन्त्यका लागि सरकार कटिबद्ध रहेको बताए ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड पार्टीको तीन महिने विशेष रुपान्तरण अभियानअन्तर्गत रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ६ र ७ को वडा समिति बैठकमा भाग लिन मग्मा पुगेका हुन् ।

तपाईंहरुलाई थाहा छ सरकारले मिटरब्याजीदेखि नक्कली भुटानी शरणार्थी प्रकरणसम्म आइपुग्दा सरकारले भ्रष्टाचारका ठूला फाइलहरु खोलेको छ, यो रोकिने छैन्,’ उनले भने, ‘म तपाईंहरुलाई विश्वास दिलाउन चाहन्छु सरकारले अझ ठूलठूला भ्रष्टाचारका फाइलहरु खोल्ने छ ।

यसका लागि सरकारले जनताको साथ खोजिरहेको उनले बताए । ‘मैले सरकारको नेतृत्व गरेपछि सुशासन कायम र भ्रष्टाचार नियन्त्रणका लागि जुन खालको आँट लिएको छु, यसमा तपाईं जनताहरुले अटुट साथ दिनुभएको छ, अझै ठूला फाइल खुल्दै छन्, तपाईंहरुको साथ अझै चाहिएको छ,’ उनले भने ।’ अब सरकारले भूमाफिया र दलालका फाइलहरु खोल्ने उनले दावी गरे ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button