११ चैत्र २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
दुबई पठाइदिन्छु भन्दै ३ लाख रूपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारसुरक्षा/अपराध

दुबई पठाइदिन्छु भन्दै ३ लाख रूपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ  । दुबई पठाइदिन्छु भन्दै ३ लाख ५ हजार रूपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अर्घाखाँची भूमिकास्थान घर भई हाल काठमाडौंको काँडाघारी बस्ने ३२ वर्षीय अशोक भट्टराई रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले शुक्रबार बिहान नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

दुबई पठाइदिन्छु भन्दै ठगी गरेको भन्दै अजयकुमार महतोले वैदेशिक रोजगार विभागमा दायर गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Check Also
Close
Back to top button