२७ फाल्गुन २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
राजावादीहरूको चहलपहल पछाडि देशभित्र र बाहिरका चलखेल मिसिएको छ: प्रचण्ड
Banner NewsBanner news (with photo)ताजा समाचारदेशप्राविधिक समाचारबिचारमुख्य समाचारविचार दृष्टिकोण

राजावादीहरूको चहलपहल पछाडि देशभित्र र बाहिरका चलखेल मिसिएको छ: प्रचण्ड

चितवन। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का संसदीय दल नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीहरूको चहलपहल पछाडि देश भित्र र बाहिरको चलखेल मिसिएको बताएका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले राजावादीहरूको चहलपहल को अन्तर्य आफूले राम्रोसँग बुझेको बताएका हुन्।

Nepal Himalayas Tours and Travel

‘राजावादीहरूको यो चहलपहलपछाडि संगठित प्रयास छ भन्ने हामीलाई थाहा छ। यसमा देश भित्र र बाहिरका चलखेल पनि मिसिएका छन्,’ उनले भने।

यसो हुनुमा अहिलेकै सरकारकै कमजोरी रहेको पनि प्रचण्डले बताए। यस्ता चलखेलहरू यही ८ महिनामा अचानक वृद्धि किन भयो भन्ने प्रश्न मूल रहेको उनले बताए।

‘बन्द कोठामा समेत राजतन्त्रका सपना देख्न डराएकाहरू सडकमै ओर्लिएका छन् र सडकबाटै राजतन्त्र पुनस्थापनाको चुनौती दिन थालेका छन्,’ उनले भने।

‘सडकबाटै राजतन्त्र पुनस्थापनाको चुनौती दिन थालेका छन् । राजावादीको यो चहलपहलका पछाडि संगठित प्रयास छ भन्ने कुरा हामीलाई थाहा छ । यसमा देशभित्र र बाहिरका चलखेल पनि मिसिएका छन्,’ ‘प्रचण्ड’ले भने ।

central college 2048x300

यस्ता चलखेल आज मात्रै नभएको भन्दै अहिले किन बढ्यो भन्ने प्रश्न मुख्य भएको उनको भनाइ थियो ।

‘तर, यस खालका चलखेल आज मात्रै भएका होइनन् । नेपालमा यस्ता चलखेल हिजो पनि थिए, अस्ति पनि थिए । अहिले अचानक वृद्धि किन भयो प्रश्न यहाँ छ,’ ‘प्रचण्डले भने, ‘पछिल्ला ८ महिनामा सत्तामा रहेका पार्टीले प्रदर्शन गरेका शासकीय शैली र त्यसबाट उत्पन्न असन्तोष नै यसको मूल कारण हो भन्ने बुझ्न अब कठिनाइ छैन ।’

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button