Banner NewsBanner news (with photo)काठमाडौँ विशेषताजा समाचारदेशप्राविधिक समाचारबिचित्रमुख्य समाचार
नेपाल शिक्षक महासंघको दोस्रो चरणको आन्दोलन आजदेखि

काठमाडौं । विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गर्न दबाब दिन नेपाल शिक्षक महासंघले आजदेखि दोस्रो चरणको आन्दोलन सुरु गर्दै छ ।
चैत्र ५ गतेसम्म विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिने, सांसदहरूसँग भेट गरि विधेयक पारितका लागि दबाब दिने महासंघले जनाएको छ । जसअन्तर्गत आज कांग्रेस केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि धर्ना दिने कार्यक्रम रहेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।
चैत्र ७ देखि १५ गतेसम्म काठमाडौंमा रिले अनशन र चैत्र २० गतेबाट अनिश्चितकालीन काठमाडौं केन्द्रित सडक आन्दोलन गर्ने महासंघको तयारी छ ।
सरकारसँग कुनै नयाँ सहमति नगर्ने भन्दै यसअघि भएका सहमति कार्यान्वयनमा उनीहरुले दबाव दिनेछन् । महासंघले आफ्ना मागहरु पुरा नभए शिक्षकहरु विद्यालय नफर्कने चेतावनीसमेत दिँदै आएको छ ।