२७ फाल्गुन २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्न १३ सय रोपनी जग्गा हस्तान्तरण
Banner NewsBanner news (with photo)ताजा समाचारप्राविधिक समाचारमुख्य समाचारसफलताको कथास्थानीय तह

धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्न १३ सय रोपनी जग्गा हस्तान्तरण

चितवन। चलचित्र विकास बोर्ड र धुलिखेल नगरपालिकाबीच १३०० रोपनी जग्गा हस्तान्तरणसम्बन्धी सम्झौता भएको छ। धुलिखेल नगरपालिकाको ३९औँ स्थापना दिवसको अवसरमा सोमबार धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्नेको लागि यो सम्झौता गरिएको हो।

Nepal Himalayas Tours and Travel

पूर्वसंचारमन्त्री गोकुल बासकोटा लगायतको उपस्थितीमा नगरप्रमुख अशोककुमार ब्याञ्जु श्रेष्ठ र बोर्ड अध्यक्ष दिनेश डीसीबीच सम्झौता गरे।

अध्यक्ष डीसीले सो अवसरमा बोल्दै धुलिखेलमा बोर्डको आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक गरे। उनले यो स्टुडियो नेपाली चलचित्र उद्योगको लागि नयाँ माइलस्टोन सावित हुने बताए।

central college 2048x300

नगरप्रमुख श्रेष्ठले चलचित्र क्षेत्रको विकासका लागि नगरपालिकाले साथ दिने बताउँदै यसले नेपाललाई अन्तर्राष्ट्रिय फिल्म गन्तव्यसहित पर्यटनको रूपमा उभ्याउने आशा व्यक्त गरे।

वडाअध्यक्ष विनोद गौतमले स्थानीयलाई रोजगारीको लागि यो कदम चालेको बताए।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button