११ चैत्र २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
प्रकृति लम्साल मृत्यु प्रकरण : कलेजका कर्मचारीहरू निलम्बित
Banner NewsBanner news (with photo)अन्तरास्ट्रियताजा समाचारदुर्घटना विशेषबिचित्रमुख्य समाचारसुरक्षा/अपराधहत्या प्रकरण

प्रकृति लम्साल मृत्यु प्रकरण : कलेजका कर्मचारीहरू निलम्बित

चितवन। भारतको ओडिसास्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)ले नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्युसम्बन्धी घटनामा कर्मचारीहरुलाई निलम्बित गरेको छ ।

Nepal Himalayas Tours and Travel

केआईआईटी कलेजले बुधबार विज्ञप्ति जारी गर्दै दुई वरिष्ठ होस्टेल अधिकारीहरू र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका एक वरिष्ठ प्रशासनिक अधिकारीलाई पूर्ण अनुसन्धानको लागि निलम्बन गरिएको जानकारी दिएको हो ।

कलेज प्रशासनले प्रकृति मृत्यु घटनाप्रति दुःख व्यक्त गर्दै विद्यार्थीहरूलाई सकेसम्म चाँडो क्याम्पसमा फर्काउने वातावरण निर्माण गर्न लागि परिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

central college 2048x300

आइतबार केआईआईटीमा अध्ययनरत बुटवलकी लम्साल मृत अवस्थामा भेटिएकी थिइन् । सो घटनापछि नेपाली विद्यार्थीहरुले आन्दोलन चर्काएका थिए भने कलेज प्रशासनले अमानवीय व्यवहार गर्दै विद्यार्थीहरूलाई होस्टेलबाटै निकालेको थियो ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Check Also
Close
Back to top button