सेयर बजार २६१७ अंकमा झर्यो, बैंकिङमा उच्च गिरावट
चितवन । सेयर बजार गिरावटले निरन्तरता पाएको छ यसै गरी साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचक नेप्से १८.२५ अंक घटेर २६२७ मा कायम भएको छ । बजारको परिसूचकसँगै कारोबार रकम पनि घटेको छ ।
अघिल्लो दिन ६ अर्ब २७ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४१ करोडमा खुम्चियो । यस दिन ६७ कम्पनीको मूल्य बढ्दा १७० को घट्यो भने ७ को स्थिर रह्यो ।
आज पनि बैंकिङ समूहले नै बजार झार्नलाई बल पुग्यो । नेप्से परिसूचक ०.६८ प्रतिशत मात्रै झर्दा बैंकिङ समूह भने १.०२ प्रतिशत घट्यो । त्यस्तै विकास बैंक ०.७९, फाइनान्स ०.८८, होटल तथा पर्यटन ०.८७, लगानी ०.९२, जीवन बीमा ०.५२, उत्पादन १.२६, माइक्रोफाइनान्स ०.८१, निर्जीवन बीमा ०.६०, अन्य ०.६५ र व्यापार समूह १.९३ प्रतिशत घटे । हाइड्रोपावर समूह भने ०.३६ प्रतिशत हरियो रह्यो ।
यीबाहेकका सबै समूहगत सूचक घटेका छन् । बैंकिङ समूहको सूचक सबैभन्दा धेरै १.३० प्रतिशत घट्यो । पहिलो त्रैमासिक वित्तीय विवरण त्यति सन्तोषजनक नदेखिएपछि यो समूहले लगानीकर्तालाई उत्साह दिन सकेको छैन ।
रावा इनर्जीको मूल्य १० प्रतिशत घट्यो । कर्पोरेट डेभलपमेन्टको ४.९०, गुडविल फाइनान्सको सेयर बजार ४.५१ तथा सुपर माइ हाइड्रोपावरको ४.२१ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा एनएलजी इन्स्योरेन्स, साहस ऊर्जा, आईसीएफसी फाइनान्स, पिपुल्स हाइड्रोपावर र समृद्धि फाइनान्स क्रमशः अगाडि रहे ।
कालिन्चोक दर्शनको ९.७७, मकर जितुमाया हाइड्रोको ७.३९, नेपाल फाइनान्सको ६.६८, जानाकी फाइनान्सको ५.९० प्रतिशत मूल्य बढ्यो । नेपाल एसबीआई बैंकको मूल्य ६.७९ प्रतिशत घट्यो । प्राइम कमर्सियल बैंकको ४.१७, रावा इनर्जीको ४.०३ तथा आईसीएफसी फाइनान्सको ३.८३ प्रतिशत घट्यो ।
कारोबार रकमका आधारमा आईसीएफसी फाइनान्स, नेपाल एसबीआई बैंक, सीईडीबी हाइड्रोपावर, नेपाल फाइनान्स र समृद्धि फाइनान्स क्रमशः अगाडि रहे ।