१३ कार्तिक २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय एआई सम्मेलन, प्रधानमन्त्रीले गरे उद्घाटन
Banner NewsBanner news (with photo)अन्तरास्ट्रियताजा समाचारदेशप्राविधिक समाचारमुख्य समाचारसफलताको कथासूचना / प्रबिधि

नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय एआई सम्मेलन, प्रधानमन्त्रीले गरे उद्घाटन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवासङ्घ नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय ‘आर्टिफिसियल इन्टेलिजेन्स’(एआई) सम्मेलन सुरू भएको छ । आजदेखि सुरू एआई सम्मेलन दुई दिनसम्म सञ्चालन हुने संघका अध्यक्ष क्षितिज थेबेले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गरेका छन् ।

Nepal Himalayas Tours and Travel

ओलीले एआईसम्बन्धी राष्ट्रिय नीति बनाउने तयारी भइरहेको जानकारी गराए । एआई विकास र मानिसका सुविधाका लागि प्रयोग हुनुपर्ने भन्दै उनले एआईको गलत प्रयोग गरेर समाजमा विद्वेष फैल्याउने कामको भने कडा निगरानी हुन जरुरी रहेको बताए । जीवनलाई सरल र सहज बनाउन एआईको उपयोग गर्नुपर्नेमा उनको जोड छ ।

उनले भने, ‘एआईले धेरै ठूलो सहयोग गरेको छ । सँगै यसले समाजमा मिस इन्फरमेसन, डिस इन्फरमेसन जस्ता कुराहरु फैल्याएर समाजमा द्वेष कलह भएको छ । यसको मिसयुजको सम्भावना र यसले समाजलाई अझ सभ्य, व्यवस्थ्ति, उन्नत र राम्रो हुनुपर्ने ठाउँमा कतिपय ठाउँमा विकृत र विसंगत पक्षहरुलाई यसले बढाएको देखिन्छ । एआईको दुरुपयोगले मैले गाएको गीत, म नाचेको भिडिओ हेर्छु । मलाई गीत त गाउन आउँदैन । एआईले मेरो स्वरमा राम्रो गीत गाउँछ । यो मै हेरिरहेको छु । एआईलाई यसरी मिसयुज गर्नु हुँदैन । डिजिटल नेपाल भनेको यो खाली मोबाइलमा मात्रै काम हुन्छ भन्ने कुरा त होइन । हामी गाडीमा पुग्दा टाढैबाट ढोका खुल्छ । घरमा जाँदा पनि अनलक गर्न सकिन्छ । अफिसमा हाजिर गर्दा मान्छे चिन्छ । अनुहार चिन्छ । जीवनलाई सरल र सहज बनाउनुपर्छ । देशको विकासमा सहयोगी हुने उद्देश्यले एआईको प्रयोग गर्नुपर्छ ।’

युवा संघका अध्यक्ष थेबेले सम्मेलनमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’का विकास र उपयोगबारे राजनीतिक दल र सर्वसाधारणलाई जानकारी दिने उद्देश्य रहेको बताए । सम्मेलनबाट सरकारलाई एआईका सम्बन्धमा राष्ट्रिय नीति बनाउन सहयोग पुग्ने थेबेको विश्वास छ ।

विभिन्न १० वटा समूहगत विषयमा छलफल गरिने संघका महासचिव सुमन पुरीले जानकारी दिए । उनका अनुसार ती छलफलमा विदेशबाट आएका एआईका विज्ञहरूले समेत सहभागिता जनाउने छन् । सम्मेलनमा युरोपियन युनियन, जापान, उत्तर कोरिया, बेलायतलगायत देशबाट विज्ञसहितका प्रतिनिधि आएका छन् ।

सम्मेलनमा फ्युज मेसिन्सका समीर मास्के, ईयू रोबोटिक्सका जुहा रोनिङ, युनिभर्सिटी अफ हङकङ रोबोटिक्स सिस्टमका प्राध्यापक काजुहिरो कोसुजे, खलिफा विश्वविद्यालयका प्राध्यापक जर्ज म्यानुअल मिरान्ता डियास लगायतले धारणा राख्नेछन् ।

यस्तै गगन थापा, गिरिराजमणि पोखरेल, शङ्कर पोखरेल, प्रदीप ज्ञवालीलगायतका नेताहरूले पनि ‘एआई’ को विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा एक हजार बढीको सहभागिता हुने बताइएको छ ।

यसअघि पनि गत असार १ गते डिजिटल मिडिया फाउन्डेसनको आयोजनामा ललितपुरमा एआईको राष्ट्रिय सम्मेलन भएको थियो ।

ai conference nepal ai conference in nepal

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button