१९ मंसिर २०८१, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
केरला पहिरो अपडेट: मृत्यु हुनेको संख्या १२३ पुग्यो, १०० जना अझै बेपत्ता - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)अन्तरास्ट्रियताजा समाचारबिचित्रमुख्य समाचारसुरक्षा/अपराधस्थानीय तह

केरला पहिरो अपडेट: मृत्यु हुनेको संख्या १२३ पुग्यो, १०० जना अझै बेपत्ता

केरला पहिरो अपडेट: भारतको केरला राज्यको वायनाड जिल्लामा मंगलबार पहिरोमा परी मृत्यु हुनेको संख्या १२३ पुगेको छ भने १०० भन्दा बडी अझै बेपत्ता भएका छन्।

घाइते १३१ जना स्थानीय अस्पतालमा उपचा भइरहेको बीबीसीले जनाएको छ। सोमबार र मङ्गलबार राति १ बजेदेखि ४ बजेको बीचमा तीनवटा पहिरोले वायनाडको चुरामाला, मुन्डक्काइ जस्ता क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो।

Nepal Himalayas Tours and Travel

यसअघि त्यहाँका मुख्यमन्त्री पिनरई विजयनले ९३ जनाको मृत्यु भएको जानकारी दिएका थिए । मुख्यमन्त्रीको कार्यालयका एक अधिकारीले बीबीसीलाई भने, ‘मृतकको संख्या अहिले १२३ पुगेको छ।’ सूर्यास्तपछि पनि सेना, नौसेना, वायुसेना, एनडीआरएफ र दमकलको सहयोगमा उद्धार कार्य जारी रहेको उनले जानकारी दिए।

केरला पहिरो प्रभावित क्षेत्रमा मुसलधारे पानी परिरहेको छ। मुन्डक्काई चिया बगान भएको सानो सहर हो, जहाँ असम र पश्चिम बंगालका ठूलो संख्यामा मानिसहरू काम गर्छन्।

चुरलमाला र मुन्डक्काइ बीचको पुल बग्दा एनडीआरएफका उद्धार टोलीहरूले सबैभन्दा ठूलो समस्या सामना गरिरहेका छन्। मुख्यमन्त्री पिनाराई विजयनले पहिरो प्रभावित दुई महत्वपूर्ण स्थानमा अस्थायी पुल निर्माण गर्न सेनासँग सहयोग मागेका छन्। तर, सेना त्यहाँ पुग्नुअघि नै एनडीआरएफले डोरीको सहायताले शव निकालेर घाइतेहरूलाई अस्पताल पुर्यायो। अधिकारीहरुका अनुसार वायनाडका गाउँ बाढीपहिरोबाट तहसनहस भएका छन् । मुण्डाक्कई क्षेत्रलाई आसपासका अरु क्षेत्रसँग जोड्ने एकमात्र पुल भत्किएपछि उद्धार कार्यमा समस्या परेको छ । सो क्षेत्रमा अस्थायी पुल निर्माणका लागि सहयोग गर्न मुख्यमन्त्रीले पिनरई विजयनले आह्वान गरेका छन् ।

चुरलमला र मुन्डक्काइमा उद्धार कार्य जारी रहेका बेला निलाम्बुर वन क्षेत्र र मल्लपुरमको चालियार खोलामा पनि मानव शवका अङ्ग तैरिएको केही प्रत्यक्षदर्शीले बताएका छन्। अधिकारीहरूले यस क्षेत्रमा कम्तीमा ३० शव फेला परेको पुष्टि गरेका छन्।

केरला सरकारका वन मन्त्री एके ससिधरनले एनडीआरएफ टोलीहरू डोरीको उद्धार कार्यमा संलग्न रहेको बताए। त्यसकारण पनि केही बढी समय लाग्ने उनको भनाइ छ।

केरलाका कृषि फर्महरुमा नेपालीहरुले पनि काम गर्दछन् । तर यो बाढीपहिरोमा नेपालीहरु परे/नपरेको अझै स्पष्ट हुन सकेको छैन ।

खोज तथा उद्धारमा सेना, नौसेना, वायु सेना, आपदा मोचन बल सहितका उद्धारकर्मीहरु परिचालन गरिएको छ । उद्धार टोलीले २५० भन्दा बढीलाई जोगाएको बताइएको छ ।

राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस आई अध्यक्ष एवम् वायनाडका सांसद राहुल गान्धी लगायतले घटनाप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री कार्यालयले मृतकका परिवारलाई २ लाख रुपैयाँ र घाइतेहरुलाई ५० हजार रुपैयाँको दरले राहत दिने जनाएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button