१९ मंसिर २०८१, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
देशभर रातभर वर्षा, काठमाडौं उपत्यका र अन्य ठाउमा बडी
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारसुरक्षा/अपराधस्थानीय तह

देशभर रातभर वर्षा, काठमाडौं उपत्यका र अन्य ठाउमा बडी

चितवन। रातभर भारी वर्षा परेका कारण काठमाडौं उपत्यका र भक्तपुरका विभिन्न तटीय वस्ती डुबानमा परेका छन् ।

त्यस्तै विभागका अनुसार सबैभन्दा धेरै वर्षा चितवनको शक्तिखोर केन्द्रमा भएको छ । त्यहाँ १३७ मिलिमिटर वर्षा मापन भएको विभागको तथ्यांकले देखाएको छ ।

काठमाडौंको बागमती करिडोर ठाउँ ठाउँमा अवरुद्ध भएको छ भने थापाथली र बल्खु किनारका वस्ती डुबानमा परेका छन् । आज बिहान करिब पौने ३ बजेतिर सूर्यविनायक नगरपालिकाको पुरानो जगाती पुल नजिकको एक कपास उद्योगमा र चाँगुनारायण नगरपालिका–८ को एक फर्निचर उद्योगमा बाढीले क्षति पुर्‍याएको जिल्ला प्रहरी परिसर भक्तपुरका इन्सपेक्टर टेकेन्द्र पौडेलले जानकारी दिए ।

Nepal Himalayas Tours and Travel

यस्तै, भक्तपुरको सल्लाघारी, जगाती, बाराहीस्थानमा पनि दर्जनौं घर डुबानमा परेका छन् । इबामुरा अस्पतालमा बाढी पसेर सेवा नै प्रभावित भएको छ भने विद्यालयहरु पनि डुबानमा परेका छन् ।
भक्तपुर प्रहरीका अनुसार बाढीले मानवीय र अन्य ठूलो भौतिक क्षति पुगेको जानकारी भने आएको छैन । तर, विभिन्न स्थानमा बस्ती जलमग्न भएका छन् । सधैं डुबान हुने गरेको राधेराधे क्षेत्रमा भने ठूलो बाढी देखिएको छैन ।

विगत १२ घण्टाको अवधिमा काठमाडौं उपत्यकासहित देशभरवर्षा भएको थियो । वर्षाका कारण हनुमन्ते, मनोहरा, बागमती, गोदाबरी लगायतका नदी तथा खोलाहरुमा बाढी आएको छ ।

मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षासमेत भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार सबैभन्दा धेरै वर्षा चितवनको शक्तिखोर केन्द्रमा भएको छ । त्यहाँ १३७ मिलिमिटर वर्षा मापन भएको विभागको तथ्यांक छ । त्यसपछिको धेरै वर्षा सिन्धुपाल्चोकको मानेखर्कमा १२७ मिलिमिटर रेकर्ड भएको छ ।

मौसम विज्ञान विभागका अनुसार काठमाडौंको धाप ड्याममा सबैभन्दा धेरै १०७ मिलिमिटर वर्षा भएको छ भने बुढानीलकण्ठमा ९०।४ मिलिमिटर रेकर्ड भएको छ । विभागले बिहानै नागरिकहरुलाई एसएमएस पठाएर नदी तथा खोलाहरु सतकर्ता तहनजिक पुगेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको थियो ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button