६ पुष २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
महाकाली नदीले खतराको तह नाघेपछि शारदा ब्यारेजका सबै ढोका खोलिए - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारसुरक्षा/अपराधसूचना / प्रबिधिस्थानीय तह

महाकाली नदीले खतराको तह नाघेपछि शारदा ब्यारेजका सबै ढोका खोलिए

धनगढी । केहि दिनदेखि निरन्तर परेको वर्षापछि महाकाली नदीले खतराको तह पार गरेको छ ।

महाकाली नदीले खतराको सतह नाघेपछि शारदा ब्यारेजका सबै ढोका खोलिएका छन् । अविरल वर्षापछि नदीमा पानीको बहाव उच्च भएपछि भारतले नेपालतर्फका २४ वटै ढोका खोलिदिएको हो ।

Nepal Himalayas Tours and Travel

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले महाकालीमा पानीको बहाव दुई लाख ४० हजार क्युसेक नाघेपछि शारदा ब्यारेजका नेपालतर्फका सबै ढोका खोलिएको बताए । उनकाअनुसार शनिबार आधार भन्दा बढी ढोका खोलिएकोमा आइतबार बहाव बढेपछि सबै ढोका खोलिएका हुन् ।

महाकालीनदीका नेपाल तर्फका सबै ढोका खोलिएपछि राति तटीय क्षेत्रमा बाढी बस्तीतिर पसेको थियो तर अहिले बहाव घट्दो क्रममा रहेकाले जोखिम कम भएको प्रहरीले जनाएको छ ।

यसैबीच जगबुढा नदी थुनिएपछि दोधाराचाँदनी नगरपालिकाको कुतियाकभर क्षेत्रका बासिन्दा प्रभावित भएका छन् ।
महाकालीमा पानीको बहाव बढेपछि नेपालतर्फका सबै ढोका खोलिँदा तटीय क्षेत्र भीमदत्त नगरपालिका–११, १२ र १३ का बस्ती प्रभावित भएका छन्।

यस्तै, महाकालीको पानीले दोधारा चाँदनी नगरपालिकाका बस्ती पनि निकै प्रभावित भएका छन्। ती बस्तीहरूमा पानी पसेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरिरहेका छन्।

नदी थुनिदा भंगालोमा फसेका ४० परिवारका एक सय जनालाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button