४ बैशाख २०८२, बिहीबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
आज नेपाल टेलिकमको रिचार्ज सेवा ७ घण्टाको लागि अवरुद्द हुने - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशप्राविधिक समाचारसूचना / प्रबिधि

आज नेपाल टेलिकमको रिचार्ज सेवा ७ घण्टाको लागि अवरुद्द हुने

काठमाडौँ । नेपाल टेलिकमको रिचार्ज सेवा अवरुद्द हुने भएको छ । आज नेपाल टेलिकमको बिलिङ्ग प्रणाली स्तरोन्नति परीक्षण गर्नु पर्ने भएकोले ७ घण्टाको लागि रिचार्ज सेवा अवरुद्द हुने भएको हो।

Nepal Himalayas Tours and Travel

टेलिकमका अनुसार २०८१।०३।२५ गते राति ११ बजेदेखि २०८१।०३।२६ गते बिहान ६ बजेसम्म परीक्षण कार्य गरिने भएकोले उक्त अवधिमा Balance Recharge / Package खरिद / Query सेवाहरु केहि समयका लागि प्रभावित हुनसक्ने भनेको छ। सो समयभन्दा अगाडि नै आवश्यक पर्ने Balance Recharge तथा Package खरिद गर्नु टेलिकमले अनुरोध गरेको छ।

उक्त समयमा Mobile Voice, Data, SMS FTTH Voice, Data, IPTV आदि सेवाहरु यथावत सञ्चालन हुने टेलिकमले सूचना मार्फत भनेको छ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button