२० आश्विन २०८१, आईतवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
चितवनको दियालो बंगला दरबार सर्वसाधारणलाई खुला, दियालोको पूर्णपाठ - Nepal Rastra Khabar N
Banner NewsBanner news (with photo)ताजा समाचारदेशपर्यटनप्रवासफिचरमनोरञ्जनमुख्य समाचारसफलताको कथासाहित्य/ सिर्जनासूचना / प्रबिधिस्थानीय तह

चितवनको दियालो बंगला दरबार सर्वसाधारणलाई खुला, दियालोको पूर्णपाठ

चितवन। भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा चितवनको ऐतिहासिक दियालो बंगला दरबार आइतबारदेखि सर्वसाधारणको लागि खुला गरिएको छ।

एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक पर्यटनमन्त्री हितबहादुर तमाङले रिबन काटेर सर्वसाधारणको लागि खुला गरेका हुन्। २०१९ सालमा निर्माण भएको यो दरबार नेपाल ट्रष्ट र भरतपुर महानगरको पहलमा सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको हो ।

Nepal Himalayas Tours and Travel

पर्यटनमन्त्री तमाङले भरतपुर भ्रमण वर्ष २०२४ सफल बनाउन दियालो बंगलाले महत्वपूर्ण सहयोग पुर्याउने आशा व्यक्त गरे । मन्त्री तमाङले पूर्वराजाहरुले पूर्व पश्चिम र राज्यको सबै ठाँउमा शासन सत्ता चलाउनको लागि उपयोग गरेको अहिले जनतालाई अध्ययन तथा अवलोकनका लागि खुला गर्ने कार्य महत्वपूर्ण रहेको बताए ।

चितवन जिल्ला जैविक, धार्मिक र अध्यात्मिक दृष्टिकोणका अग्रणी रहेको र अब दियालो बंगला सर्वसाधारणका लागि खुला गरेसँगै ऐतिहासिक सम्पदा रहेको स्थानको रुपमा परिचय बनाउन सफल भएको उनको भनाइ थियो।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा दियालो बंगला सर्वसाधारणका लागि खुला गरेको जानकारी दिइन् । नेपाल ट्रष्टका सदस्य सचिव सुनिता गौतमले राजाहरुको विलासी जीवनशैली दियालो बंगला दरबार घुमेपछि बुझ्न सकिने उल्लेख गरिन् । भ्रमण वर्षको अवसरमा वन्यजन्तु उद्धार केन्द्रलाई ओपन जुको रुपमा सञ्चालनमा ल्याइएको र भारतीय पर्यटकलाई सहज आवगमनको लागि ठोरी छोटी भन्सार सञ्चालनमा ल्याइएको उनको भनाई थियो ।

अब पर्यटकीय गन्तव्यहरु क्रमशः थप गर्दै लैजाने नीति महानगरले लिएको प्रमुख दाहालले बताइन्। नेपाल ट्रष्टको स्वामित्वमा रहेको दियालो बंगला तत्कालीन राजा महेन्द्रले निर्माण गरेका थिए । भरतपुर वडा नम्बर १ मा रहेको यो दरबारमा राजा महेन्द्रको निधन भएकाले ऐतिहासिक मानिएको छ । राजा महेन्द्रले करिब दुई वर्ष बंगलाको प्रयोग गरेको बताइन्छ। विशेष गरी हिउँदमा चिसो छल्न राजा र राजपरिवारका सदस्य दियालो बंगला बसाइँ सर्थे । त्यसैले यो बंगलालाई शीतकालीन दरबार पनि भन्ने गरिन्छ ।

उनले भने, “वषौदेखि आमनागरिकले के होला भनेर उत्सुकताका साथ हेरिरहेको दरबार अब प्रत्यक्ष हेर्न पाउने छन् ।
यसले आन्तरिक र बाह्य पर्यटक बढाउने आशा छ ।” अब कार्यविधि बनाएर सञ्चालन बङ्गलालाई व्यवस्थित गर्ने भन्दै महानगर प्रमुख
दाहालले कार्यविधि नबनुन्जेल अवलोकन निःशुल्क गरिने बताए । भरतपुर महानगरपालिकाभित्र रहेका सातवटा मुख्य गन्तव्य रहे पनि
अन्य गन्तव्यको खोजी गर्ने क्रममा दियालो बङ्गला सञ्चालनमा ल्याउन सकिएको उनको भनाइ छ ।

उठेको राजस्वको ६० प्रतिशत नेपाल ट्रष्ट र ४० प्रतिशत भरतपुर महानगरपालिकाले पाउने गरी महानगरपालिका र ट्रष्टबीचमा
सञ्चालनसम्बन्धी समझौता भइसकेको थियो । ट्रष्टले ट्रष्टले रु ९२ लाखमा मर्मत सम्भार गरी महानगरलाई जिम्मा दिएको हो ।
भरतपुर महानगरपालिका-१ मा रहेको बङ्गलामा तत्कालीन राजपरिवारले जाडोयाममा धेरै समय बिताउने गरेका थिए ।

ऐतिहासिक महत्व बोकेको दरबारभित्र पहिलो तलामा ठूलो बैठक कक्ष छ, जसको भित्तामा पूर्वराजारानी महेन्द्र र वीरेन्द्रको तस्बिर छ ।भद्याङमा विसं २०२६ मा राजा महेन्द्रले शिकार गरेको घडियाल गोही सजाएर राखिएको छ । भित्तामा बाघको टाउँको जस्ताको तस्तै
अवस्थामा छ । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले राजपरिवारको इतिहाससँग जोडिएको ठाउँ भएर पनि
आमनागरिकको पहुँचभन्दा बाहिर रहेकाले महानगरले सबैका लागि खुला गर्न पहल गरेको बताए ।
उनका अनुसार ५७ बिघा १३ कठ्ठा सात धुरमा फैलिएको यो ठाउँ शान्त र रमणीय छ । बङ्गलाको पश्चिमतर्फ रहेको नारायणी नदीले
दरबार क्षेत्रको सौन्दर्य बढाएको छ । बंगला क्षेत्रसँगै जोडिएको राजमार्ग पारी थप ५ बिघा जमिन छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button