Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रसुरक्षा/अपराधस्थानीय तह
ओछ्यानबाट भुइँमा खस्दा पानीमा डुबेर ७ महिने शिशुको मृत्यु
धनगढी । कञ्चनपुरमा ७ महिने शिशुको पानीमा डुबेर मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–१ को पहरियामा असार २४ आइतबार घरमा जमेको पानीमा डुबेर ७ महिनाको शिशुको मृत्यु भएको हो ।
कृष्णपुर नगरपालिका–१ को पहरियामा आइतबार घरमा जमेको पानीमा डुबेर ७ महिनाका सोनु धानुकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले सुतिरहेका बेला ७ महिने शिशु सोनु धानुक ओछ्यानबाट भुइँमा खसेकी थिइन् । भुइँमा जमेको पानीमा डुबेर धानुकको घरमै मृत्यु भएको एसपी जोशीले बताए ।
घटनाबारे थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।