६ पुष २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
काठमाडौंबाट दिल्ली जाँदै गरेको बस जाँचका क्रममा तीन करोडको भेप बरामद
Banner NewsBanner news (with photo)अन्तरास्ट्रियताजा समाचारदेशप्रवासबिचित्रमुख्य समाचारवाग्मती प्रदेशसुरक्षा/अपराधस्थानीय तह

काठमाडौंबाट दिल्ली जाँदै गरेको बस जाँचका क्रममा तीन करोडको भेप बरामद

काठमाडौं । काठमाण्डौबाट दिल्ली जाँदै गरेको ना ६ ख ७१६३ नम्बरको बस जाँचका क्रममा ५८ प्याकेट विद्युतीय चुरोट भेप सहित पाँच जनालाई पक्राउ गरेको छ।

हेटौंडास्थित बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, मकवानपुरको संयुक्त टोलीले बस जाँचका क्रममा उक्त बसलाइ नियन्त्रणमा लिएको हो। उक्त भेपको बजार मूल्य दुई करोड ७१ लाख २१ हजार ७८० रुपैयाँ बराबरको भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालले जानकारी दिनुभयो ।

Nepal Himalayas Tours and Travel

एसपी रिजालका अनुसार बसमा यात्रुको सीटमाथि सिलिङको भागमा ‘फल्स बटम’ बनाइएको थियो। त्यसभित्र भन्सार छलेर ल्याइएका सरसामान राख्ने गरेको पाइएको छ। भेप पनि त्यसैभित्र पाइएको रिजालले बताए।

एसपी रिजालका अनुसार उनीहरूले काठमाडौंको बालाजु बसपार्कभन्दा केही माथि भत्केको पुल क्षेत्रबाट बसमा सामान राखेको पाइएको छ। उक्त नियन्त्रित बस नियमित काठमाण्डौ–दिल्ली चल्ने नभई केही व्यक्तिले एक महिनाअघि मात्रै यात्रुलाई भारत घुमाउने भन्दै भाडामा लिई असार ५ गते काठमाण्डौमा रहेको भारतीय दूतावासबाट ‘रोड पर्मिट’ लिएको पाइएको एसपी रिजालले बताउनुभयो ।

भेप ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले बस चालक दोलखाको भीमेश्वर नगरपालिका-२ का ३७ वर्षीय सलाम मोक्तान, सहचालक उदयपुरको कटारी नगरपालिका-११ का २७ वर्षीय प्रविन्द्र राना, नुवाकोटको दुप्चेश्वर गाउँपालिका-७ का ३९ वर्षीय इन्द्रबहादुर दर्जी, ३० वर्षीय सन्तोष भुसाल र धनकुटाको बेलारा नगरपालिका-१६ का २९ वर्षीय राजकुमार हिमाङलाई पक्राउ गरेको छ।

बसमा केही भारतीय यात्रु पनि सवार थिए। उनीहरूलाई विभिन्न मान्छे मार्फत सम्पर्क गरेको पाइएको छ। पक्राउ परेका केही व्यक्ति यसअघि पनि अवैध सामान ओसारपसारमा संलग्न रहेको देखिएको प्रहरीको भनाइ छ।
बरामद भएको भेपसहित पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाएको एसपी रिजालले जानकारी दिनुभयो ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button