‘मिस्टर सुप्रानेसनल’ मा सहभागी हुन भर्खरै पोल्यान्ड पुगे धिरोज काजी बस्नेत
काठमाडौँ । ‘मिस्टर सुप्रानेसनल नेपाल २०२४’ का विजेता धिरोज काजी बस्नेत दुबईमा ट्रान्जिट हुदै भर्खरै पोल्यान्ड पुगेका छन्।
मिस्टर सुप्रा नेसनलमा नेपाललाई प्रतिनिधित्व गर्न उनी पोल्यान्ड पुगेका हुन्।
आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोल्यान्ड उडेका धिरोज काजी बस्नेत स्वयमले आफ्नो सामाजिक संजाल मार्फत जानकारी दिएका थिय। साथै उनले पोल्याण्ड प्रस्थान हुनु अघि आफ्नो पास्स्पोर्ट सहित तस्बिर र भिडियो समेत सेयर गरेका थिय जसमा धिरोज सोयमले नेपाली झण्डा फरफराइरहेको देख्न सकिन्छ। ‘मिस्टर सुप्रानेसनल’ को यस प्रतियोगिताको फिनाले भने आगामी ४ जुलाईमा हुँदैछ।
चितवनका धिरोज भलिवल खेलाडी समेत हुन्। नेपाली राष्ट्रिय भलिबल खेलाडीको रुपमा भने उनले सन् २०२३ चीनमा सम्पन्न एशियन्स गेम्समा बहराइनविरुद्ध डेब्यू गरेका थिए । त्यसपछि आयोजना भएको काभा भलिबल प्रतियोगितामा पनि बस्नेतले नेपालबाट खेलिसकेका छन् ।
६ फिट दुई ईन्च अग्ला बस्नेत भरतपुर, चितवनका स्थायी वासिन्दा हुन् । गोल्डेन डेट कलेजमा स्नातक तहमा अध्ययनरत बस्नेतले प्लस टु भने न्यूटन चिल्ड्रेन्स एकेडेमीबाट पुरा गरेका हुन् । उनले विगत तीनवर्षदेखि अन्डर २३ रराष्ट्रिय भलिवल टिममा कप्तानको जिम्मेवारी सम्हाल्दै आएका छन्।
‘मिस सुप्रानेसनल नेपाल २०२४’ की विजेता सजिना खनाल पनि अगिल्लो साता नेपालको प्रतिनिधित्व गर्दै पोल्याण्ड गएकी छिन्। पोल्याण्डमा १८ जुनबाट आयोजना भएको ‘मिस सुप्रानेसनल’ मा सहभागी छिन् ।
सजिनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘मिस्टर एन्ड मिस नेसनल’का राष्ट्रिय आयोजक डाक्टर सन्तोष उपाध्यायले बिदाइ गरेका थिए । सजिनाले पनि पोल्याण्ड जानुअघि फेसबुकमा आफ्नो देश नेपाललाई ‘मिस सुप्रानेसनल’ मा प्रतिनिधित्व गराउने अविश्वसनीय यात्रा सुरु भएको उल्लेख गरेकी थिइन। ‘मिस सुप्रानेसनल’ को फिनाले आगामी ६ जुलाईमा हुँदैछ । ‘मिस सुप्रानेसनल’ को १५ औँ संस्करणमा ७३ देशका प्रतिस्पर्धी सहभागी हुँदैछन् ।
आगामी ४ जुलाईमा पोल्यान्डमै ‘मिस्टर सुप्रानेशनल २०२४ ’को फिनाले हुँदैछ । जसमा सहभागी हुन ‘मिस्टर सुप्रानेसनल नेपाल २०२४’ धिरोज काजी बस्नेत पनि भर्खर पोल्याण्ड पुगेका छन्। उनका नेपाली तथा बिदेसी शुभचिन्तकहरुले विभिन्न माध्यमबाट शुभकामना दिएका छन्।
साथै हामी नेपाल राष्ट्र खबर परिवार बाट पनि दुबै ‘मिस्टर सुप्रानेसनल नेपाल २०२४’ धिरोज काजी बस्नेत र ‘मिस सुप्रानेसनल नेपाल’ २०२४’ सजिना खनाल लाइ यसै समाचार मार्फत अग्रिम शुभकामना दिन चाहन्छौ। नेपालको झन्डा र इज्जत सधै शिर्ष स्थानमा रहोस। जय नेपाल।