१९ मंसिर २०८१, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
नेपाली क्रिकेट टोली टी–२० विश्वकप खेलेर स्वदेश फर्कियो - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)अन्तरास्ट्रियखेलकुदताजा समाचारदेशमनोरञ्जनमुख्य समाचारसफलताको कथा

नेपाली क्रिकेट टोली टी–२० विश्वकप खेलेर स्वदेश फर्कियो

काठमाडौँ। आईसीसी टी–२० विश्वप क्रिकेट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किएको छ ।

समूह ‘डी’ चरणको खेल खेलेर आफ्नो यात्रा समूह चरणमै टुंग्याएको नेपाली राष्ट्रिय क्रिकेट टोली दुई समूहमध्ये पहिलो समूह आज बिहान बिहान १ बजे र अर्को समूह आज बिहान १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। नेपाल क्रिकेट संघका पदाधिकारीहरुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।
Nepal Himalayas Tours and Travel
अमेरिका र वेस्टइण्डिजमा भएको विश्वकप क्रिकेट प्रतियोगितामा नेपाली क्रिकेट टोली ले चार खेल खेलेकोमा तीनमा हार तथा एक खेल बराबरी खेलेको थियो ।
विश्वकप क्रिकेटमा नेपाल समूह डि मा परेको थियो । नेपालीको समूहमा दक्षिण अफ्रिका, बङ्गलादेश, श्रीलङ्का र नेदरल्यान्ड्स रहेका थिए । नेपालले अमेरिकामा दुई खेल र वेस्टइण्डिजमा समान दुई खेल खेलको थियो । अमेरिकामा भएको आफनो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित भएको थियो ।
त्यस्तै श्रीलंकाविरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द भएसँगै दुवै टोलीले समान एक–एक अंक बाँडेका थिए । त्यसपछि वेस्टइण्डिजमा भएको दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपाल एक रनको झिनो अन्तरले पराजित भएको थियो । त्यस्तै समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएसँगै नेपालको विश्वकप यात्रा समाप्त भएको थियो ।
विश्वकपमा नेपालसँगै श्रीलंका र नेदरल्यान्डस् प्रतियोगिताबाट बाहिरिएका थिए । त्यस्तै  दक्षिण अफ्रिका  र बंगलादेश भने सुपर आठमा पुगे । दक्षिण अफ्रिका समूह डि को शीर्ष र बंगलादेश दोस्रो स्थानमा रहँदै सुपर आठमा पुगेका हुन ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button