४ श्रावण २०८१, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
श्रममन्त्रीको आग्रह: मन्त्रीका काममा राजनीति नगरिदिनुस् - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचारमुख्य समाचारराजनीतिविचार दृष्टिकोणसुरक्षा/अपराधसूचना / प्रबिधि

श्रममन्त्रीको आग्रह: मन्त्रीका काममा राजनीति नगरिदिनुस्

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सांसदहरुलाई मन्त्रीले गर्ने काममा राजनीति नगर्न आग्रह गरेका छन् ।

बिहीवारको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।

Nepal Himalayas Tours and Travel

उनले विकासका कुरामा राजनीति नगरिदिए देश धेरै अघि बढ्ने पनि बताए । उनले विकासका कुरा राजनीतिक दल एकछिन बिर्सिन सके मात्रै पनि देश समृद्ध बन्ने र नागरिकले सुख पाउने जिकिर गरे ।

उनले सामाजिक सुरक्षा कोषका बारेमा सरकार गम्भीर रहेको पनि बताए । उनले सामाजिक सुरक्षा कोषका बारेमा प्रचारप्रसार गर्न नसकिएको पनि बताए ।

मन्त्री अर्यालले सरकारले आफ्नै कर्मचारीलाई सामजिक सुरक्षा कोषमा लैजान नसक्ने र निजी क्षेत्रलाई जबरजस्ती गर्नेकुरा सही नभएको बताए ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button