२६ बैशाख २०८२, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
गाजा क्षेत्र कब्जा गर्ने इजरायलको निर्णय, मन्त्रिपरिषद्‌बाट योजना स्वीकृत
Banner NewsBanner news (with photo)अन्तरास्ट्रियताजा समाचारदुर्घटना विशेषबिचित्रमुख्य समाचारराजनीतिसुरक्षा/अपराध

गाजा क्षेत्र कब्जा गर्ने इजरायलको निर्णय, मन्त्रिपरिषद्‌बाट योजना स्वीकृत

चितवन। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पट्टीमा प्यालेस्टिनी लडाकु समूह हमासविरुद्धको आक्रमण अब ‘तीव्र र विस्तारित’ हुने र गाजा क्षेत्र कब्जा गर्ने तयारी भएको बताएका छन् ।

उनका अनुसार सुरक्षा मन्त्रिपरिषद्ले हालै स्वीकृत गरेको योजना अनुसार गाजा पट्टीको सम्पूर्ण भूभाग नियन्त्रणमा लिने र मानवीय सहायता वितरणमा पनि इजरायलकै पकड रहनेछ । सुरक्षा क्याबिनेट बैठकले गाजा कब्जा गर्ने योजना स्वीकृत गरेको हो ।

तर, एक इजरायली रक्षा अधिकारीले यो योजना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आउँदो साता हुने मध्यपूर्व भ्रमण सम्पन्न नभएसम्म लागू नहुने जानकारी दिएका छन् ।

नेतान्याहुले भिडियो सन्देशमार्फत भने, ‘यो अपरेशन तीव्र हुनेछ र गाजाका थप नागरिकहरूलाई उनीहरूको सुरक्षाका लागि अन्यत्र सारिनेछ ।’

Nepal Himalayas Tours and Travel

उनले अघिल्ला छोटो अवधिका बाह्य हमला रणनीति अब नअपनाइने र गाजामा कब्जा गरिएका भूभागहरू इजरायलले छाड्ने पक्षमा नरहेको उल्लेख गरेका समाचार संस्था रोयटर्सले जनाएको छ ।

इजरायली सार्वजनिक प्रसारक ‘कान’ले सरकारी अधिकारीहरूको हवाला दिँदै तयार पारेको रिपोर्टअनुसार यो योजना क्रमिक रूपमा अघि बढ्नेछ, जसमा प्रारम्भिक चरणमा गाजाको एउटा क्षेत्रमा मात्र सेनाको ध्यान केन्द्रित हुनेछ । यस योजनालाई पूर्ण कार्यान्वयन गर्न केही महिना लाग्न सक्ने जनाइएको छ ।

इजरायली सेनाले पहिले नै गाजाको झन्डै एक तिहाइ भूभाग नियन्त्रणमा लिइसकेको छ । त्यहाँका बासिन्दा विस्थापित भइसकेका छन् र खाली गराइएको जमिनमा सुरक्षाक्षेत्रको रूपमा निगरानी टावर र चौकी निर्माण गरिएको छ ।

एक अधिकारीले भनेका छन्, ‘नयाँ अपरेशनले गाजा पट्टीको सम्पूर्ण भूभाग कब्जा गर्नेछ, त्यहाँको नागरिक जनसंख्यालाई दक्षिणतिर सार्नेछ र मानवीय सहायता हमासको हातमा नपरोस् भन्ने सुनिश्चित गरिनेछ ।’

central college 2048x300

रक्षा अधिकारीका अनुसार हाल राहत वितरण संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूले गर्दै आएका छन् । तर, नयाँ योजना लागू भएपछि यो जिम्मेवारी निजी कम्पनीहरूलाई दिइनेछ र वितरण गाजाको दक्षिणी क्षेत्र राफाहमा केन्द्रित गरिनेछ ।

यसैबीच, अमेरिकी दूत स्टिभ विटकोफले एक सञ्चार माध्यमसँगको कुराकानीमा इजरायल ‘सार्वभौम राष्ट्र’ भएकोले आफ्नै निर्णय गर्ने स्पष्ट पारेका छन् । उनले राष्ट्रपति ट्रम्पको भ्रमण अगावै वा भ्रमणकै क्रममा युद्धविराम र बन्दी मुक्तिको सहमति हुने आशा व्यक्त गरेका छन् । ह्वाइट हाउसले यसबारे तत्काल प्रतिक्रिया दिएको छैन ।

युद्धविराम सम्झौता असफल भएपछि गत मार्चमा इजरायलले आक्रमण पुनः शुरू गरेको हो । त्यसयता गाजामा खाद्य तथा औषधि सहायता प्रतिबन्ध लगाइएको छ, जसका कारण संयुक्त राष्ट्रसंघले २३ लाख जनसंख्या भोकमरीको जोखिममा परेको चेतावनी दिएको छ ।

हमासका वरिष्ठ नेता महमूद मर्दावीले भने इजरायली रणनीतिलाई ‘दबाब र ब्ल्याकमेल’ भन्दै अस्वीकार गरेका छन् ।

यसका लागि हमासविरुद्धको सैन्य कारबाहीलाई अझ व्यापक बनाइने भएको छ । इजरायलले दुई वर्षभन्दा बढी समयदेखि गाजामा निरन्तर आक्रमण गरिरहेको छ । यो बीचमा ५३ हजारभन्दा बढी मानिस मारिएका छन् ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले क्याबिनेटले हमासलाई नष्ट गर्ने र बाँकी बन्धक रिहाईका लागि बलपूर्वक अभियान चलाउने निर्णय गरिएको बताएका छन् ।

यद्यपी, अर्को हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणपछि मात्र गाजा क्षेत्र कब्जा गर्ने निर्णय लागू हुने बताइएको छ । त्यतिन्जेलसम्म इजरायलले हमाससँग युद्धविराम र बन्धक सम्झौतामा पुग्ने प्रयास जारी राख्नेछ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button