११ चैत्र २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
श्री एयरलाइन्सले भरतपुर विमानस्थलमा गर्‍यो ‘प्रुभिङ फ्लाइट’, व्यावसायिक उडान कहिलेदेखि?
Banner NewsBanner news (with photo)ताजा समाचारदेशपर्यटनप्रवासफिचरमुख्य समाचारसफलताको कथास्थानीय तह

श्री एयरलाइन्सले भरतपुर विमानस्थलमा गर्‍यो ‘प्रुभिङ फ्लाइट’, व्यावसायिक उडान कहिलेदेखि?

काठमाडौँ । श्री एयरलाइन्सको क्यू ४०० ड्यास ८ विमानबाट भरतपुर विमानस्थलमा परीक्षण उडान सम्पन्न भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा पयर्टकहरूको पहुँच अझ सहज र सुरक्षित गर्ने उद्देश्यका साथै पूर्वपश्चिम राजमार्गको केन्द्रबिन्दु र व्यापारिक क्षेत्रमा यात्रुहरूको अत्याधिक चापलाई सहज गर्न भरतपुर विमानस्थलमा हवाई सेवा विस्तार गर्न लागिएको श्री एयरलाइन्सले जनाएको छ।

Nepal Himalayas Tours and Travel

पर्यटन व्यवसायीहरू तथा विभिन्न क्षेत्रबाट विमान सेवा सञ्चालन गरिदिन अनुरोध गरिए अनुसार भरतपुर विमानस्थलमा क्यानाडा निर्मित अत्याधुनिक क्यु ४०० ड्यास ८ विमानबाट असार ६ गते पहिलोपटक परिक्षण उडान सम्पन्न गरिएको एयरलाइन्सले जनाएको छ।

क्यानाडाको तत्कालीन बम्बार्डियर हाल डि हाभिलैण्ड अफ क्यानाडा निर्मित ८० सिट क्षमताका क्यु ४०० ड्यास ८ विमान अत्यन्तै आरामदायक, सुरक्षित तथा यात्रुहरुलाई कम ध्वनी अनुभुति दिने र भरपर्दो क्यानाडाको पाट एण्ड बिएनी कम्पनीबाट निर्मित ५४०० साफट हर्षपावका PWISON, इन्जिन जडित भएको विमान हो ।

सन् २०१७ बाट ५० सिट क्षमताका २ वटा सि आर जे २०० तथा ७० सिट क्षमताको २ वटा सि आर जे ७०० जेट विमानहरुबाट नेपालको विभिन्न गन्तव्यमा नियमित उडान संचालन शुरु गरि छोटो समयमा आन्तरिक हवाई सेवामा उत्कृष्ट सेवा प्रदायक हुन सफलता प्राप्त गरेको छ ।

श्री एयरलाइन्सले सेवा शुरु गरिसके पछि यात्रुहरुले सहुलियत भाडादरमा यात्रा गर्न पाएका छन् सि आर जे २००/७०० तथा क्यु ४०० ड्यास ८ विमानहरुबाट काठमाडौ विमानस्थलबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगंज, धनगढी, पोखरा, सुर्खेत आदि विमानस्थलहरुमा र पर्वतीय उडानहरु निर्यात रूपमा हवाई सेवा संचालन गरिरहेको छ ।

परिक्षण उडान पश्चात नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्विकृति पाए पश्चात नियमित उडानहरु संचालन गरिने छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Check Also
Close
Back to top button