६ जेष्ठ २०८१, आईतवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
लुम्बिनीबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस त्रिशुलीमा खस्दा ६ जनाको मृत्यु
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारवाग्मती प्रदेशसुरक्षा/अपराधस्थानीय तहस्वास्थ्य

लुम्बिनीबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस त्रिशुलीमा खस्दा ६ जनाको मृत्यु

काठमाडौँ । लुम्बिनीबाट काठमाडौँ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुवाहक बस त्रिशुली नदीमा खसेको छ ।

काठमाडौँ आउँदै गरेको बस आज बिहान करिब ५ बजे धादिङको गजुरीको घाटबेशीस्थित त्रिशुली खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ ।

गजुरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन कुँवरका अनुसार उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी छ ।

दुर्घटनामा २७ जनाभन्दा बढी घाइते भएका छन् । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयले  स्थानीयले उद्धार गरिरहेका छन् ।

सशस्त्र प्रहरी, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा आइपुगेका छन् ।

बसचालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको सनाखत हुन बाँकी रहेको जनाइएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker