२३ बैशाख २०८१, आईतवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
वर्षमान पुन अर्थमन्त्री बन्ने हल्लासँगै खस्कियो ७० अंकले नेप्से - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)अर्थतन्त्रअर्थव्यवस्थाताजा समाचारदेशबिचित्रमुख्य समाचारराजनीतिसूचना / प्रबिधि

वर्षमान पुन अर्थमन्त्री बन्ने हल्लासँगै खस्कियो ७० अंकले नेप्से

काठमाडौं। सत्ता गठबन्धन परिवर्तन हुने चर्चासँगै सोमबार सेयर बजारमा देखिएको रौनक मंगलबार भने निरासा छाएको छ। केही दिनदेखि निरन्तर घटेको सेयर बजार सत्ता गठबन्धन फेरबदल गर्ने चर्चाले नेप्सेमा देखिएको उछाल एक दिन पनि टिकेन। सत्ता गठवन्धन परिवर्तनसँगै अर्थमन्त्रीमा विष्णु पौडेल आउने चर्चासँगै उछालिएको बजार वर्षमान पुन आउने हल्लासँगै पछारिएको छ।

आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा तेस्रो सोमबार भने नेप्से तेस्रो पटक सर्किट लागेर ६ प्रतिशत बढ्दै १ घण्टा ४ मिनेटमा कारोबार बन्द भएको थियो। सोमबार ११७.७० अंकले बढेको नेप्से मंगलबार अन्तिम समयमा ७०.३१ अंकले घटेको छ। यद्यपि मंगलबार दिनभर नै कारोबार हुँदा ४ अर्व ११ करोड ३६ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। पछिल्ला केही वर्षहरुमा एमाले नेता विष्णु पौडेल सत्तामा आउँदा सेयर बजारले सकारात्मक लय समात्ने गरेको छ।

२०७८ सालमा सेयर बजारले नयाँ उचाइ बनाइरहँदा पौडेल अर्थमन्त्री थिए। यद्यपि एमाले सत्ताबाट बाहिरिएको ३५ दिन नपुग्दै नेप्सेले २०७८ भदौ २ गते हालसम्मकै उच्च ३१९६ (त्यसदिन ३२२६ सम्म) पुगेको थियो। कांग्रेस सभापति शेरबहादुर देउवा रहँदा अर्थमन्त्री भने जनादर्न शर्मा थिए। त्यसपछि घटेको बजार विभिन्न आरोहअवरोह पार गर्दै आइतबार १९६०.३ विन्दुमा रोकिएको थियो।  “

२०७८ सालमा सेयर बजारले नयाँ उचाइ बनाइरहँदा पौडेल अर्थमन्त्री थिए। यद्यपि एमाले सत्ताबाट बाहिरिएको ३५ दिन नपुग्दै नेप्सेले २०७८ भदौ २ गते हालसम्मकै उच्च ३१९६ (त्यसदिन ३२२६ सम्म) पुगेको थियो। कांग्रेस सभापति शेरबहादुर देउवा रहँदा अर्थमन्त्री भने जनादर्न शर्मा थिए। त्यसपछि घटेको बजार विभिन्न आरोहअवरोह पार गर्दै आइतबार १९६०.३ विन्दुमा रोकिएको थियो। आइतबार साँझदेखि सत्तागठबन्धन फेरिने चर्चा सुरु भएको थियो र अर्थमन्त्रीमा फेरी पौडेल नै आउने चर्चाले सोमबार कारोबार खुल्नासाथ नेप्से उचालिन थालेको थियो। तर, मंगलबार बिहानैबाट अर्थमन्त्री पुनः बन्ने चर्चासँगै बजार ओरालो लागेको हो।

मंगलबार सामूहिक लगानी कोष र ऋणपत्रसमेत २२८ कम्पनीको सेयर किनबेच हुँदा ३३ कम्पनीको मात्र मूल्य बढेको छ। सबैभन्दा धेरै ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको ८.७३ प्रतिशतले मूल्य बढ्दा ग्लोबल आइएमई व्यालेन्स फण्ड–१ को मूल्य ७.८५ प्रतिशतले बढेको छ। उता, २१३ कम्पनीको मूल्य घट्दा सबैभन्दै धेरै २६६० रुपैयाँबाट निरन्तर मूल्य बढेर सेयर किनबेच भइरहेको बोटलर्स नेपालको पहिलो पटक नकारात्मक सर्किट (१० प्रतिशतको गिरावट) आएको छ। त्यसपछि जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ९.९९ प्रतिशत र बोटलर्स नेपाल तराईको मूल्य ९.४५ प्रतिशतले घटेको छ।

२०७९ पुस ११ मा एमाले नेता विष्णु पौडेल अर्थमन्त्री भएसँगै सेयर बजारमा उछाल आएको थियो। त्यसबेला नेप्सेमा ५६.८६ अंकको बृद्धि देखिएको थियो। २०७२ सालमा त्यतिबेलाको उच्च विन्दु कायम गर्दा अर्थमन्त्री पौडेल नै थिए। २०७२ पुसमा त्यसअघिको उच्च अंक ११७५ बिन्दुलाई उछिनेर सूचक अघि बढ्दा अर्थमन्त्री पौडेल थिए। तर, २०७३ साउनमा १८८१ अंक पुगेर त्यसबेलाको उच्च अंक कायम गर्दा भने कांग्रेस समर्थनमा बनेको सरकारका अर्थमन्त्री कृष्णबहादुर महरा थिए। २०७९ चैत १९ शुक्रबार अर्थमन्त्री प्रकाससरण महत आएकोमा आइतबार नेप्से भने २० अंकले घटेको थियो। त्यसअघि २०६८ मा माओवादी नेता वर्षमान पुनः अर्थमन्त्री हुँदा नेप्से सबैभन्दा न्यून २९१ बिन्दुसम्म झरेको थियो।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker