राष्ट्रसंघको सुरक्षा परिषद्द्वारा इजरायल-हमास युद्ध विश्रामको प्रस्ताव पारित

कार्तिक ३०। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले इजरायल र हमासबीच जारी युद्ध बाट पीडितहरुको मानवीय सहायताका लागि गाजा क्षेत्रमा तत्काल मानवीय विश्रामको प्रस्ताव पारित गरेको छ ।
१५ सदस्यीय परिषद्ले धेरै दिनको मानवीय विश्रामको प्रस्ताव पारित गरेको हो । हमासद्वारा अपहरण गरिएका सबैलाई बिनासर्त तत्काल रिहा गर्न आग्रह गरिएको छ । परिषद्मा भिटो पावर भएका अमेरिका, रुस र बेलायतले भने माल्टाद्वारा प्रस्तावित सो प्रक्रियामा भाग लिएनन् । बाँकी १२ सदस्य राष्ट्रले प्रस्तावको पक्षमा मतदान गरेका हुन् ।
गत महिनाका चार असफल प्रयासपछि यसपालि राष्ट्रसंघीय सुरक्षा परिषद्मा युद्धविश्रामका पक्षमा मतदान भएको हो ।
हमासले अक्टोबर ७ मा गरेको आक्रमणमा १२ सय इजरायलीको ज्यान गएको छ । दुई सयजना बन्धक बनाइएका छन् । त्यसपछिको इजरायली हमलामा ४५ सयभन्दा बढी बालबालिकासहित गाजा क्षेत्रमा ११ हजारभन्दा धेरै प्यालेस्टिनीको ज्यान गइसकेको छ ।