३० असार २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
नेकपा एसका महोत्तरी अध्यक्षसहित दर्जनौँ नेता नेकपा एमालेमा फर्किए - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारराजनीतिस्थानीय तह

नेकपा एसका महोत्तरी अध्यक्षसहित दर्जनौँ नेता नेकपा एमालेमा फर्किए

महोत्तरी ।  नेकपा एकीकृत समाजवादी महोत्तरीका अध्यक्ष कौशिलाल यादवसहितका दर्जनौँ नेताहरू नेकपा एमालेमा फर्केका छन् । महोत्तरीको रामगोपालपुरमा मंगलवारमा आयोजित एक कार्यक्रममा यादवसहित दर्जनौं नेता कार्यकर्ता एमाले फर्किएका हुन् ।

एमाले क्षेत्रीय समन्वय समितिले दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बलिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यादवसहितका नेता कार्यकर्तालाई फूलमाला र अबिर लगाएर पार्टीमा फर्काएका थिए । यादवसँगै नेकपा एसका जिल्ला सचिव अरुण कुमार चौधरी, भंगहा नगरपालिकाका नगर कमिटी अध्यक्ष किशोरी सिंह लगायत नेता कार्यकर्ताहरू पनि एमालेमा फर्केका छन् ।

यस्तै नेकपा माओवादी केन्द्र मधेस प्रदेश कमिटी सदस्य बैजनाथ यादव पनि एमालेमा प्रवेश गरे । उनको नेतृत्वमा माओवादीका १४ कार्यकर्ता पनि एमालेमा प्रवेश गरेका छन् ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button