२४ बैशाख २०८१, सोमबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
विश्वकप २०२३ मा भारतको लगातार पाँचौं जित, न्यूजिल्याण्डलाई ४ विकेटले पराजित
Banner NewsBanner news (with photo)खेलकुदताजा समाचारमुख्य समाचारसफलताको कथा

विश्वकप २०२३ मा भारतको लगातार पाँचौं जित, न्यूजिल्याण्डलाई ४ विकेटले पराजित

भारतले विश्वकप २०२३ मा लगातार पाँचौं जित हात पारेको छ। टोलीले न्यूजिल्याण्डलाई ४ विकेटले पराजित गरेको थियो।

एकदिवसीय विश्वकप क्रिकेटमा भारतले आफ्नो उच्च लय कायमै राख्दै लगातार पाँचौं जित हासिल गरेको छ। आइतबार भएको खेलमा भारतले न्युजिल्यान्डलाई ४ विकेटले पराजित गरेको हो। भारतले २००३ पछि पहिलो पटक विश्वकप क्रिकेटमा न्युजिल्यान्डलाई पराजित गरेको हो।

भारतीय टोलीले यो प्रतियोगितामा किवीमाथि २० वर्षपछि जित हात पारेको हो। यसअघि सन् २००३ मा सेन्चुरियन मैदानमा किवीलाई ७ विकेटले पराजित गरेको थियो।

यो जितसँगै भारतीय टोली अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। अब टीम इन्डियाको खातामा ५ खेलपछि १० अंक छ। यस्तो अवस्थामा भारतको शीर्ष ४ मा पुग्ने सम्भावना बलियो भएको छ। अब टोलीले ४ मध्ये २ खेल मात्र जित्नुपर्नेछ।

टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा अलआउट हुँदै २ सय ७४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। ड्यारीयल मिचेलले उत्कृष्ट शतक प्रहार गरेपनि न्युजिल्यान्डको जितका लागि पर्‍याप्त भएन।

भारतले १२ बल बाँकी हुँदै लक्ष्य पुरा गरेको थियो। भारतको जितमा विराट कोहलीले सर्वाधिक ९५ रनको इनिङ खेल्दा कप्तान रोहित शर्माले ४६ रन बनाए। त्यस्तै श्रेयस अय्यरले ३३ रन बनाउँदा केएल राहुलले २७ रन बनाए। रविन्द्र जडेजा ३९ रनमा अविजित रहेका थिए। न्युजिल्यान्डका लागि लक्की फर्गुसनले २ विकेट लिंदा ट्रेन्ट बोल्ट, म्याट हेनरी र मिचेल स्यान्टनरले समान १-१ विकेट लिए। लगातार पाँचौं जित सहित भारतले शीर्ष चारमा पुग्ने सम्भावना बलियो बनाएको छ।

त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्ड अन्तिम समयमा रन बनाउन सकेन। भारतले अन्तिम ५ ओभरमा सानदार पुनरागमन गर्न सफल भयो। उसले अन्तिम ५ ओभरमा पाँच विकेट लिंदा न्युजिल्यान्ड उच्च स्कोरमा पुग्न असफल भएको थियो।

न्युजिल्यान्डका लागि मिचेलले १ सय २७ बलमा ९ चौका र ५ छक्काको सहयोगमा १ सय ३० रन बनाए। त्यस्तै रचिन रविनन्द्रले ७५ रन बनाए। रविन्द्र मिचेलले तेस्रो विकेटका लागि १ सय ५९ रनको साझेदारी गरेका थिए। पछिल्लो क्रम भने लगातार विकेट पतनको सिकार भयो।

भारतलाई खेलमा फर्काउन मोहम्मद सामीले ५ विकेट लिए। उनले १० ओभर बलिङ गर्दै ५४ रन खर्चिएका थिए। त्यस्तै कुलदीप यादवले २ विकेट लिंदा जसप्रित बुमराह, मोहमेद सिराजले समान १-१ विकेट लिएका थिए।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker