६ जेष्ठ २०८१, आईतवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
दुई घण्टामा चार पटक भूकम्प धक्का : धादिङका २० घर भत्किए, ७५ घर चर्किए
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारवाग्मती प्रदेशसूचना / प्रबिधिस्थानीय तह

दुई घण्टामा चार पटक भूकम्प धक्का : धादिङका २० घर भत्किए, ७५ घर चर्किए

काठमाडौँ । आइतबार बिहान शक्तिशाली भूकम्प गएपश्चात् धादिङमा लगातार पराकम्प गइरहेको छ ।

आइतबार बिहान ७ बजेर ३९ मिनेट जाँदा धादिङको खरी आसपास केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्पगएको थियो । त्यसयता तीन पटक पराकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको हो ।

भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका–५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन् । भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी रहेको पूर्ववडाध्यक्ष कृष्णप्रसाद काप्रीले बताए ।

भूकम्प मापन केन्द्रका अनुसार त्यसयता स–साना परकम्पहरू गइरहेका छन् । मापन केन्द्रका अनुसार अहिले बिहान ८ बजेर ८ मिनेट जाँदा सल्यानटार केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्पगएको छ भने ८ बजेर २८ मिनेट जाँदा धादिङकै डाँडागाउँ केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्पगएको छ ।

यस्तै, ८ बजेर ५९ मिनेट जाँदा धादिङ नै केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्पगएको छ । सात बजेदेखि ९ बजेसम्ममा धादिङमा धादिङमा चार पटक भूकम्पको धक्का महशुस भएको हो । ठूलो भूकम्प गएपछि स–साना परकम्प जानु नियमित प्रक्रिया भएको जनाएको छ ।

 

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker