१८ मंसिर २०८०, सोमबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
राजमार्ग छेउका बिरूवा काटने ९ जनालाई तिलोत्तमाले तिरायो ४५ हजार जरिवाना
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारलुम्बिनी प्रदेशसुरक्षा/अपराधस्थानीय तह

राजमार्ग छेउका बिरूवा काटने ९ जनालाई तिलोत्तमाले तिरायो ४५ हजार जरिवाना

बुटवल । बेलहिया- बुटवल  सडकको किनारमा लगाईएका रुखहरु काट्नेबाट रुपन्देहीको तिलोत्तमा नगरपालिकाले जरिवाना असुल गरेको छ।

गलत अफवाह फैलाउंदै ६ लेन सडकको दायावाया र बुद्ध परिपथमा लगाईएका छतिवन एस्टोनियाका रुखहरु काट्न थालेपछि नगरपालिकाले रुखहरु काट्नेको पहिचान गरि जरिवाना असुल गर्न थालेको हो।

केहि दिन पहिले ६ लेन सडक र बुद्ध परिपथमा लगाईएका एस्टोनियाका रुखहरु काटिएपछि नगरपालिकाले रुख काट्नेहरुको खोजि गरेको थियो।

रुख काट्नेहरुको पहिचान खुलेपछि जनही ५ हजारका दरले हालसम्म ९ जनाबाट ४५ हजार रुपैया जरिवाना लिईएको नगरपालिकाले जनाएको छ।

६ लेन सडक निर्माणसंगै सडक किनारमा लगाईएका एस्टोनियाका बोटहरुका बारे नकारात्मक हल्ला फैलाईएपछि सडक किनारका कतिपय स्थानीयले यसअघि पनि हुर्किसकेका बोटहरु काट्ने गरेका थिए।

नगरपालिकाले पांचवर्ष पहिले नै सुन्दर र हरियाली तिलोत्तमा बनाउने अभियान संगै सडक किनारमा रुख रोप्ने र सरसफाई अभियान संचालन गरेको थियो। नगरवाशीको अग्रसरतामा ५ बर्ष पहिले लगाएर हुर्किसकेका बोट काटेर नगरपालिकाको अभियानलाई नै विफल पार्न खोज्नेहरुलाई कारवाही गरिएको नगरपािलकाले बताएकाे छ ।

सडक किनारमा लगाईएका एस्टोनियाको पात तथा बोक्राले गर्भवती महिला र पशुचौपायाको गर्भपतन गराउने, यसको हावाले समेत मानिसको स्वास्थ्यमा प्रतिकुल असर पुर्याउने गलत हल्ला फैलाएपछि नगरपालिकाले यसको परिक्षण समेत गरेको जनाएको छ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker