६ जेष्ठ २०८१, आईतवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
भन्सार छलेर ल्याइँदै गरेको तरकारी र फलफूलसहित सातजना समातिए - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारसुरक्षा/अपराधस्थानीय तह

भन्सार छलेर ल्याइँदै गरेको तरकारी र फलफूलसहित सातजना समातिए

काठमाडौं । भारतबाट भन्सार छलेर ल्याइँदै गरेको एक लाख ७४ हजार रुपैयाँबराबरका फलफूल र तरकारीसहित सातजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा पाँच भारतीय र दुई नेपाली छन् । गुलरिया नगरपालिका–७, भन्सार रोडबाट उनीहरूलाई पक्राउ गरिएको बर्दिया प्रहरीका सूचना अधिकारी एवं डीएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।

आइतबार उनीहरूलाई सो कार्यका निम्ति प्रयोगमा ल्याइएका चारथान मोटरसाइकल र चारथान साइकलसहित पक्राउ गरिएको हो । पक्राउ परेका सातैजनालाई कारबाही गर्न गुलरियास्थित राजापुर भन्सार कार्यालयमा बुझाइएको उनले बताए ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker