५ जेष्ठ २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
न्यायाधीश खतिवडाले हेर्न नमानेपछि कोशी सरकारविरुद्धको रिटको सुनुवाइ स्थगित - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारराजनीतिवाग्मती प्रदेश

न्यायाधीश खतिवडाले हेर्न नमानेपछि कोशी सरकारविरुद्धको रिटको सुनुवाइ स्थगित

काठमाडौं । कोशी सरकारविरुद्धको रिटमा शुक्रबार निर्धारित सुनुवाइ स्थगित भएको छ। आज यो रिट न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परेको थियो।

उक्त रिट इजालस नम्बर एक को ग पेशी तोकिएको थियो। तर न्यायाधीश खतिवडाले हेर्न नमानेपछि आजको लागि तोकिएको सुनुवाइ नै स्थगित भएको हो।

प्रारम्भिक सुनुवाइका क्रममा आफूले दृष्टिकोण दिइसकेको भन्दै उनले मुद्दा हेर्न अस्वीकार गरेका स्रोतले जनाएको छ। यही भदौ ७ गते खतिवडाको इजलासले प्रदेश सभा बैठकको अध्यक्षता गरेको व्यक्तिले विश्वासको प्रस्तावमा मत दिनु असंवैधानिक भएको भन्दै दीर्घकालीन र नीतिगत निर्णय नगर्न आदेश दिएको थियो।

त्यसअघि भदौ ४ गते मुख्यमन्त्री उद्धव थापाले कोशी प्रदेशसभामा विश्वासको मत परीक्षण गर्दा सभाध्यक्षको मत प्रयोग गरेर मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएको घोषणा थिए। उक्त कार्य असंवैधानिक भएको भन्दै कोशीका पूर्वमुख्यमन्त्री हिक्मत कुमार कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए।

मुख्यमन्त्री थापाले विश्वासको मत लिँदा सभाको अध्यक्षता गर्ने व्यक्ति इस्राइल मन्सुरी र गीता तिम्सिनाले समेत मत दिएका थिए।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker