भारतविरुद्ध नेपालको सम्मानजनक प्रदर्शन!
नेपाल एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । सम्मानजनक प्रदर्शनका बाबजुद भारतसँग १० विकेटले पराजित भएपछि नेपाल अंकविहीन हुँदै एसिया कपको प्रतियोगितबाट बाहिरिएको हो ।
श्रीलंकाको पालेकेले इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४८ दशमलव २ ओभरमा २ सय३० रनमा अलआउट भएको थियो । नेपालका ओपनर आसिफ शेखले ९७ बलमा ८ चौकासहित सर्वाधिक ५८ रनको योगदान दिए पनिजितको लागि पर्याप्त हुन सकेन ।
अर्का ओपनर कुशल भुर्तेलले २५ बलमा ३ चौका र २ छक्कासहित ३८ रनको आक्रामक इनिङस् खेले । नेपाललाई ओपनर आसिफशेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ९ दशालव ५ ओभरमा ६५ रनको सानदार साझेदारी गरेका थिए । तर त्यो सुरुवातकोफाइदा मिडिल अडरका ब्याटरले गर्न नसक्दा नेपाल विशाल योगफल बनाउन चुकेको थियो ।
भीम सार्की ७ रनमा बोल्ड आउट भए । कुशल मल्ल ठूलो सट खेल्ने धुनमा २ रनमा क्याच आउट भएका थिए । गुलशन झा २३ रनमाआउट भए । ३१ ओभर ५ बलमा १४४ रनमा ६ विकेट गुमाएको अवस्थामा पुगेको नेपाललाई सातौं विकेटका लागि सोमपाल कामी रदीपेन्द्रसिंह ऐरीले ५० रनको साझेदारी गर्दै २ सय रनको आंकडा पार गराएका थिए । दीपेन्द्र २९ रनमा हार्दिक पान्ड्याको बलमाएलबीडब्लू आउट भए । सोमपाल कामीले ४८ रनको महत्वपूर्ण इनिङस् खेले । सन्दीप लामिछाने ९ रनमा रनआउट भए । करण केसी २रनमा नटआउट रहे ।
भारतको जितमा रविन्द्र जडेजा र मोहम्मद शिराजले ३–३ विकेट लिए । शार्दुल ठाकुर, हार्दिक पान्ड्या र मोहम्मद शामीले एक–एकविकेट लिए ।
वर्षाका कारण खेल प्रभावित भएपछि भारते २३ ओभरमा १ सय ४५ रनको विजयी लक्ष्य पाएको थियो ।
जवाफमा भारतले २० ओभर १ ओभरमा कुनै विकेट नगुमाइ जित हात पार्यो । भारतका लागि रोहित शर्मा ७४ रन र शुभमन गिल ६७रनमा अविजित रहे । नेपालले भारतीय कप्तान रोहित शर्मालाई १६ रनमा जीवनदान दिएको थियो । सातौं ओभरको पाँचौं बलमा सन्दीपलामिछानेलाई प्रहार गरेको सर्ट डिप स्क्वायर लेगमा गुलशन झाले समात्न सकेनन् ।
नेपालले दिएको २ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको भारतले २.१ ओभरमा १७ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको थियो ।दुई घण्टाभन्दा बढी समय खेल हुन नसकेपछि ‘डीएलएस’ पद्धति अनुसार २३ ओभरमा भारतले १ सय ४५ रनको विजयी लक्ष्य पाएको हो। नेपाल सम्मेलित समूह ‘ए’ बाट पाकिस्तान शीर्ष र भारत दोस्रो स्थानमा रहँदै सुपर फोरमा पुगेका छन् । नेपाल पहिलो खेलमापाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो ।