२३ बैशाख २०८१, आईतवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
जनतासँग हामी सुध्रिन चाहन्छौं भन्नुपर्छ : प्रचण्ड - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)अन्तर्वार्ताताजा समाचारदेशमुख्य समाचारराजनीतिविचार दृष्टिकोण

जनतासँग हामी सुध्रिन चाहन्छौं भन्नुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँग गल्ती कमजोरीमा आत्मालोचित हुन निर्देशन दिएका छन् ।

शनिबार पार्टीको तीन महिने रुपान्तरण अभियानको उद्घाटन गर्दै पार्टी नेता तथा कार्यकर्तालाई जनतासँग सुध्रन चाहेको बताउन निर्देशन दिएका हुन् ।

“जनतासँग हामीले गल्ती भएको कुरा भन्न सक्नुपर्छ । हाम्रो कमजोरीप्रति आत्मालोचित हुन चाहन्छौं र सुध्रिन चाहन्छौं भन्नुपर्छ,” प्रचण्डले भने, “त्यसका लागि अभियानसहित घरदैलोमा छौं । कमरेड लेनिनले भनेजस्तै तपाईं इमान्दार हुनुहुन्छ भने डराउनु हुँदैन ।”

उनले अभियानका क्रममा सुशासन, सार्वजनिक सेवा प्रवाहमा जोड दिनुपर्ने बताए  । प्रचण्डले वेथितिको चाङ भएको बताए । तीन महिने अभियानमार्फत कस्तो विचारको विकास र पार्टी निर्माण गर्ने भन्नेमा जनताको भविष्य रहेको बताए ।

उनले जनतासँग नङ र मासुको जस्तो सम्बन्ध बनाउन पनि आग्रह गरे ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker