१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
मिटरब्याजीले लिएको जग्गा पीडितलाई फिर्ता हुन सुरु – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारराजनीतिसफलताको कथास्थानीय तह

मिटरब्याजीले लिएको जग्गा पीडितलाई फिर्ता हुन सुरु

काठमाडौं । चितवनमा दर्ता भएका अनुचित लेदनदेन (मिटरब्याज) का निवेदनमध्ये एक पीडितले दुई कट्ठा जग्गा फिर्ता पाएका छन् । रत्ननगर नगरपालिका–१० का उमेश केसीले जग्गाफिर्ता पाएका हुन् ।

पीडित केसीले जग्गाफिर्ता पाऊँ भनी दिएको निवेदनउपर छलफल हुँदा जग्गाफिर्ता गर्ने सहमति भएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्वा सुनिल लम्सालले जानकारी दिए ।

रत्ननगर नगरपालिका– ९ का शिवप्रसाद बरालले केसीको जग्गा फिर्ता गरेका हुन् । अनुचित लेनदेनका कारण आफूले जग्गा दिनु परेको र सो जग्गा फिर्ता गरी पाऊँ भनी परेको उजुरीमा छलफलका क्रममा दुवै पक्षबीच सहमति भई जग्गा फिर्ता गरिएको उनले बताए । विसं २०६९ मा राजीनामा गरेको जग्गाफिर्ता गराइएको लम्सालले बताए ।

अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोगले निवेदन आह्वान गरेको समयमा चितवनमा ६० उजुरी परेका थिए । ती उजुरीमध्ये ३२ पीडकले आफ्नो ब्यहोरा खुलाएर निवेदनसमेत दिएको उहाँले जानकारी दिए ।

पीडितका तर्फबाट परेका उजुरीमध्ये अधिकांश जग्गाको कारोबारका रहेका नायव सुब्बा लम्सालले बताए । पीडितले दृष्टि बन्धक भनेर दिएको जग्गा पीडकले नामसारी गरेर लिएको भन्दै उजुरी परेको थियो ।

अधिकांशले जग्गा फिर्ता गरिपाऊँ भनी निवेदन दिएका छन् । नायब सुब्वा लम्सालका अनुसार परेका उजुरीमध्ये ५५ माथि छलफल गरिएको छ । ‘सात उजुरीमा सहमति जुटेको छ ।

अन्यबारे दोस्रो र तेस्रो चरणमा छलफल भइरहेको छ’, उनले भने । अन्य पाँच जनाको निवेदनका लागि दुवै पक्षलाई छलफलमा बोलाइएको छ ।

यसअघि गृह मन्त्रालयले २०७९ साउन २८ गतेदेखि भदौ ५ गतेसम्म मिटरब्याजीविरुद्ध उजुरी आह्वान गरेको थियो । सो समयमा २५ जनाले उजुरी दर्ता गराएका थिए ।

हालसम्म एउटा निवेदनको छलफलबाट टुङ्गो लागेको छ । अन्य २४ उजुरीबारे आवश्यक कारबाही अघि बढाइएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button