११ श्रावण २०८१, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
राष्ट्रिय सभामा एमालेको अवरोध, सत्ता पक्षका सांसदको पनि बिरोध – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारराजनीति

राष्ट्रिय सभामा एमालेको अवरोध, सत्ता पक्षका सांसदको पनि बिरोध

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले राष्ट्रिय सभा बैठक अवरोध गरेको छ ।

शुक्रवार बसेको राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले अवरोध कायम राखेको हो ।

बैठकको प्रारम्भमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदहरुलाई दलिय आधारमा समसामयिक विषयमा बोल्नका लागि समय दिनुभएको थियो । सो क्रममा सांसदहरुले आ–आफ्नो धारणा राख्नुभयो । धारणा राख्नेक्रम सकिएपछि अध्यक्षले बैठकको कार्यसूचि अगाडी बढाउन खोज्दा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का सांसदहरु उभिएर बिरोध जनाएका थिए ।

अध्यक्षले बिरोध जनाउनुको कारण बारे बोल्नका लागि एमाले सांसद भैरवसुन्दर श्रेष्ठलाई समय दिएलगत्तै सत्तापक्षका सांसदहरु पनि उभिएर बैठक अवरोध गरेका थिए । दुवै पक्षका सांसदहरु उभिएर बिरोध जनाएपछि राष्ट्रिय सभा बैठक अगाडी बढाउन नसकिएको भन्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले बैठकको कार्यसूचीलाई अगाडी बढाउन नसकिएको जानकारी दिनुभयो ।

आगामी बैठक साउन ३१ गते बुधबार दिउँसो १:०१ मा बस्नेगरी बोलाइएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button