१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
छापिएको दुई लाख अनुमतिपत्र लिन आएनन सेवाग्राही – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशप्राविधिक समाचारबिचित्रमुख्य समाचारराजनीतिवाग्मती प्रदेश

छापिएको दुई लाख अनुमतिपत्र लिन आएनन सेवाग्राही

काठमाडौं । नागरिकले चालक अनुमतिपत्र पाउन डेढवर्षसम्म कुरिरहँदा लाखौँ सेवाग्राहीले भने छापिएर आएको अनुमतिपत्र लिएका छैनन् ।

अहिले झण्डै दुई लाखभन्दा बढी अनुमति पत्र थन्किएर रहेको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले जनाएको छ ।

कतिपय सेवाग्राहीले एउटा वर्गभन्दा थप वर्गको अनुमति पत्र लिएकाले, कतिपय विदेश गएकाले र कतिपय काठमाडौँ उपत्यका बाहिर गएकाले छापिएर आइसकेको अनुमतिपत्र बुझ्न नआएका हुन् ।कतिपय सेवाग्राहीले एउटा वर्गभन्दा थप वर्गको अनुमतिपत्र लिएकाले, कतिपय विदेश गएकाले र कतिपय काठमाडौँ उपत्यका बाहिर गएकाले छापिएर आइसकेको अनुमतिपत्र बुझ्न नआएका हुन् ।

अहिले सेवाग्राहीले चालक अनुमतिपत्र नवीकरण गरेपछिको एकडेढ वर्षमा मात्रै अनुमति पत्र पाउने अवस्था रहेको जनाइएको छ ।

धेरै सेवाग्राहीले एउटा अनुमति पत्र नवीकरणका लागि निवेदन दिएर त्यो नआउँदै दोस्रो वर्गको सवारीसाधनको अनुमतिपत्रका लागि परीक्षा दिने गरेको कार्यालयका प्रमुख राजकुमार कपालीले बताए । उनले भने, ‘नयाँ छापिएर आएपछि सेवाग्राहीले नवीकरण गर्न दिएको अनुमति पत्र चाहँदैनन् र वर्षौँसम्म त्यसै रहन्छ ।’

एकै समयमा नवीकरणका लागि पनि आउने र अर्को प्रकारको ‘ट्रायल’ पास गरेर नयाँ लिने सेवाग्राहीको सङ्ख्या धेरै रहेको छ । पुरानो रद्द गरेर मात्रै नयाँ छापिने व्यवस्था नहुँदा एउटै व्यक्तिको एकै समयमा दुई अनुमतिपत्र छापिने गरेको बताए ।

राज्यले दोहोरो परिचयापत्र छाप्नुपर्दा घाटा र अर्कातर्फ यातायात कार्यालयमा अनुमति पत्र बढी हुँदा व्यवस्थापनमा समस्या हुने गरेको प्रमुख कपालीले बताए ।

एकै समयमा एउटै व्यक्तिको दुई वटा अनुमति पत्र हुँदा वितरण गर्नका लागि धेरै जनशक्ति लाग्ने गरेको उनको भनाइ थियो । प्रमुख कपालीले भने, ‘अहिले हामीसँग अनुमतिपत्रको सङ्ख्या दुई लाख छ तर एक दिनमा लिन आउने पाँच सय जना छ ।’

अहिले कार्यालयमा तीन चार वर्ष पुराना धेरै अनुमति पत्र रहेका छन् । कतिपय सेवाग्राहीको अनुमतिपत्र लिन नआउँदै अवधि सकिने गरेको उनले बताए ।

एकातिर अनुमति पत्र छापिएर आउनै एकवर्ष बढी लाग्ने र अर्कातिर सेवाग्राही छापिएर आउनासाथ नआउने हुँदा धेरैभन्दा धेरै अनुमतिपत्र थन्किने गरेको कार्यालयमा कार्यरत कर्मचारीको भनाइ थियो ।

अनुमति पत्र लिन आउँदासम्म अवधि सकिएको भन्दै धेरै सेवाग्राही कर्मचारीसँग झगडा गर्ने गरेको देखिन्छ । कहिले आउँदा अनुमतिपत्र आएको छैन भन्ने र छापिएर आउँदा पहिले नै अवधि सकिने भन्दै उनीहरुले आक्रोस पोख्ने गरेका हुन् ।

कार्यालयले विभागबाट आउनासाथ वितरण गर्ने भए पनि छापिएर आउनै लामो समय लाग्ने गरेको प्रमुख कपालीले बताउनुभयो । सम्बन्धित व्यक्ति आफैँ पनि नवीकरणका लागि निवेदन दिएर तीन चार वर्षमा आउँदा अवधि सकिने गर्छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button