११ श्रावण २०८१, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
सिम्रिक एयर हेलिकोप्टरको उडानमा आजदेखि रोक : आर्थिक समस्या – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)अर्थव्यवस्थाताजा समाचारदेशबिचित्रमुख्य समाचार

सिम्रिक एयर हेलिकोप्टरको उडानमा आजदेखि रोक : आर्थिक समस्या

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता रकम चुक्ता नगरेको भन्दै शुक्रबार (साउन २६) बाट हेलिकोप्टर सेवा प्रदायक कम्पनी सिम्रिक एयर हेलिकोप्टरको सम्पूर्ण उडान रोक्ने घोषणा गरेको छ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले विमानस्थल सेवा शुल्क निमावली २०७८ मा दिइएको आदेशबमोजिम सिम्रिक एयर हेलिकोप्टरको उडान अनिश्चितकालका लागि बन्द गराएका हुन्।

प्राधिकरणको टिम गएर एयरलाइन्सको ‘फाइनान्सियल अडिट’ गर्दा गम्भीर आर्थिक समस्यामा परेको देखिएपछि ‘फाइनान्सियल हेल्थ’ (वित्तीय स्वास्थ्य) राम्रो नभएको हुँदा उड्डयन सुरक्षामा असर पुग्ने भन्दै अनिश्चितकालका लागि रोक लगाएको सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।

नागरिक उड्डयन निमावली २०५८ को व्यवस्थाअनुसार सिम्रिकका सम्पूर्ण उडानमा रोक लगाइएको उनले बताए। सिम्रिकले चार हेलिकोप्टरमार्फत उडान गर्दै आएको छ। सिम्रिकका अध्यक्ष क्याप्टेन रामेश्वर थापा हुन्। प्राधिकरणका अनुसार सिम्रिकले प्राधिकरणलाई तिर्नुपर्ने बक्यौता ५५ लाख रुपैयाँ नाघेको छ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button