७ माघ २०८१, सोमबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
केपी शर्मा ओली : सत्ताधारी दलले देश लुटिरहेका छन् - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रराजनीति

केपी शर्मा ओली : सत्ताधारी दलले देश लुटिरहेका छन्

काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली ले सत्ताधारी दलले देश लुटिरहेको आरोप लगाउनु भएको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा बुधबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनु भएको हो ।

सत्तारुढ दलले नांगो नाच देखाइरहेकाले एमाले चुप लागेर बस्न नहुने समेत अध्यक्ष केपी शर्मा ओली ले बताउनु भयो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘सत्ताधारी दलले देश लुटिरहेका छन्, नांगो नाच देखाइरहेका छन्। अब हामी चुप लागेर बस्नु हुँदैन। एमालेले सुन तस्करीसहितको विषयमा संसद्मा उठाउने विषयमा छलफल गर्न संसदीय दलको बैठक बसेको हो ।’

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button