२३ बैशाख २०८१, आईतवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
लम्पी स्किन रोग लागेका गाईभैँसीको दूध खानु हुन्छ कि हुँदैन - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)कृषिताजा समाचारदेशबिचित्रमुख्य समाचारस्थानीय तहस्वास्थ्य

लम्पी स्किन रोग लागेका गाईभैँसीको दूध खानु हुन्छ कि हुँदैन

काठमाण्डू उपत्यकाभित्रको चाँगुनारायण नगरपालिकास्थित खरीपाटीका पशुपालक शिवप्रसाद अधिकारीले डेढ महिनाभित्र चारवटा बस्तुभाउ गुमाउनुपर्‍यो।

अहिले देशको ७७ वटै जिल्लामा प्रकोप बनेर फैलिएको लम्पी स्किन रोगको व्यथाले च्यापेर उनले पालेका तीन गाई र एक बाच्छा मरे।

“सुरुमा तिनलाई ज्वरो आयो। खाना रुचेन। हामीले केही औषधि, भिटामिन दिएका थियौँ। जीउभरि फोकैफोका आयो। उठबस गर्न नसक्ने भए। त्यसपछि पाँच-सात दिनमै बिते,” अधिकारीले भने।

रोग लाग्नासाथ स्थानीय प्राविधिकहरूले आएर नियमित हेरेको र केही भिटामिन औषधि दिए पनि बचाउन नसकिएको उनले भने।

उनको गोठका अन्य पाँचवटा गाईमध्ये दुईवटा सङ्क्रमित भएर निको भए भने अन्यलाई सङ्क्रमण नभएको उनले सुनाए।

“एउटा गाईकै डेढ लाख रुपैयाँ घटी नपर्ने हुँदा आर्थिक क्षति त छँदै छ, मनमा परिवार गुमाएको जस्तै भएको छ।”

सङ्क्रमित गाईभैँसीको दूध खानुहुन्छ?

सामान्यतया लम्पी स्किन लागेको बस्तुभाउको दूध खान मिल्ने विज्ञहरू बताउँछन्।

“किनभने लम्पी स्किन रोग गराउने भाइरस ‘जूनोटिक’ होइन। अर्थात् त्यो भाइरस पशुबाट मानिसमा सर्दैन। तर यसको सङ्क्रमण हुनासाथ पशुको उत्पादन ८० प्रतिशतले घटिहाल्छ। दश लिटर दूध दिने गाईले दूई लिटर मात्र दिन सक्छ,” नेपाल पशु चिकित्सा परिषद्का उपाध्यक्ष डा स्वयम्‌प्रकाश श्रेष्ठले भने।

“त्यसैले दूध खाँदाखेरि रोग सर्ने भन्ने त हुँदैन। तर बिरामी पशुलाई एन्टिबायोटिकजस्ता औषधि दिइएको छ भने कम्तीमा १४ दिन त्यसको दूध उपभोग गर्न हुँदैन भन्ने मान्यता छ,” उनले भने।

गाउँघरमा पनि मानिसहरूले आफ्नै हिसाबले सङ्क्रमितको दूध खाने कि नखाने भनेर निर्णय गर्ने गरेको पशुपालक शिवप्रसाद अधिकारीले बताए।

“कतिले दूध खानु हुँदैन भनेर खाएनन्, कतिले खाए। आआफ्नो हिसाबले त्यसो गरिरहेका छन्,” अधिकारीले भने।

पशुसेवा विभागका अधिकारीहरूले गाईभैँसीको दूध वा राँगाभैँसीको मासु उपभोग गर्दा यो रोग सर्ने प्रमाण नभएकोले दुबिधा नलिन आग्रह गरेका छन्।

बिरामी पशुको हेरचाह गर्दा यो रोग सर्ने डर मान्नु नपर्ने पनि उनीहरू बताउँछन्।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker