११ चैत्र २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
दुई नाबालकसहित एक महिला गण्डक नहरमा बेपत्ता - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारबिचित्रमुख्य समाचारसुरक्षा/अपराधस्थानीय तह

दुई नाबालकसहित एक महिला गण्डक नहरमा बेपत्ता

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापश्चिम) स्थित गण्डक नहरमा एक महिला आफ्ना दुई नाबालक छोरासहित हाम फालेर बेपत्ता भएका छन्।

जिल्लाको सुस्ता गाउँपालिका–२ हरकपुरास्थित गण्डक नहरमा हाम फालेकी महिला र दुवै नाबालकको अवस्था अज्ञात छ । आज दिउँसो करिब २ बजेको समयमा महलबारी निवासी तीर्थराम थारुकी श्रीमती २९ वर्षीया प्रतिमा थारुले आफ्ना दुई छोरा नौ वर्षीय क्रिश र सात वर्षीय सुमितसहित नहरमा हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयका अनुसार प्रहरीचौकी कुडिया, इलाका प्रहरी कार्यालय बेलाटारी र स्थानीयवासीको सहयोगमा बेपत्ताको खोजी भइरहेको छ ।

हाम फालेर बेपत्ता भएकी महिलाका श्रीमान् हाल रोजगारीका सिलसिलामा भारतमा रहेका छन्। घरमा सासूसँगै बस्दै आएकी प्रतिमाले नहरमा हामफाल्नुको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान र खोजी भइरहेको प्रहरी नायब उपरीक्षक पाण्डेयले बताए।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Check Also
Close
Back to top button