१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
विश्वकप लिग–२ क्रिकेटमा स्कटल्यान्डमाथि नेपालको २ विकेटको रोमाञ्चक जित – Nepal Rastra Khabar
Banner news (with photo)खेलकुदताजा समाचारमनोरञ्जनसफलताको कथा

विश्वकप लिग–२ क्रिकेटमा स्कटल्यान्डमाथि नेपालको २ विकेटको रोमाञ्चक जित

२०७६ माघयता लिग टू अन्तर्गत ६ वटा शृंखलाको २४ खेलमा ८ खेलमात्र जितेको नेपालले सातौं शृंखलामा चारमध्ये चार जितको बेजोड लय देखाएको छ ।

फाल्गुन ०९, चितवन। नेपालले विश्वकप लिग–२ क्रिकेटमा स्कटल्यान्डमाथि २ विकेटको रोमाञ्चक जित हात पारेको छ ।

मंगलबार कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा भएको खेलमा स्कटल्यान्डले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभर १ बलमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो ।

नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ९५ रनको अर्धशतकीय पारी खेले । १०१ बल खेलेका उनले ७ चौका र ४ छक्का प्रहार गरे ।यससँगै नेपालले घरेलु मैदानमा भएको सिरिजमा क्लिन स्वीप गरेको छ । नेपालले लिग–२ मा पहिलो पटक सिरिजको चार वटै खेल जितेको हो ।

करण केसीले ३७ बलमा ३१ रन बनाए । ज्ञानेन्द्र मल्ल २१ रनमा आउट हुँदा कुशल मल्लले १७ रन बनाए । त्यसैगरी आसिफ शेखले १२ तथा सन्दीप लामिछानेले ९ रन बनाए ।

ओपनर कुशल भुर्तेल १ रनमा आउट भए भने सन्दीप जोराले १ रन बनाए । दीपेन्द्र सिंह ऐरीले ७ तथा सोमपाल कामीले २ रन बनाए । नेपालको जितमा रोहित र करणले नवौं विकेटका लागि अविजित रुपमा ७५ रनको साझेदारी गरे । यो नेपालका लागि नवौं विकेटका लागि भएको कीर्तिमानी साझेदारी हो ।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४६ ओभर १ बलमा अलआउट हुँदै २ सय १२ रन बनाएको थियो ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button