१४ कार्तिक २०८१, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
चितवनको खैरहनीमा डाक्टरले इन्जेक्सन दिएपछि विरामीको मृत्यु
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रसुरक्षा/अपराधस्थानीय तहस्वास्थ्य

चितवनको खैरहनीमा डाक्टरले इन्जेक्सन दिएपछि विरामीको मृत्यु

चितवन। चितवनको खैरहनी नगरपालिका–६ पुरानो पर्सामा श्वासप्रश्वासमा समस्या भई उपचारको लागि मेडिकल पुगेकी एक महिलाको मृत्यु भएको छ।

पर्वत फलेवास नगरपालिका–३ कार्की टोल घर भई हाल चितवन खैरहनी नगरपालिका–५ बुडौली स्थितमा कोठा भाडामा लिई बस्ने वर्ष ४१ की तुलसी कार्कीले कात्तिक ३ गतेदेखि स्थानीय चौधरी मेडिकलमा उपचार गराउँदै आएकी थिइन् ।

Nepal Himalayas Tours and Travel

सोमवार राति साढे ८ बजे चिकित्सकले इन्जेक्सन दिएपछि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । विरामीको मृत्यु भएपछि आफन्तहरु आक्रोसित भई मेडिकलमा तोडफोड गरेका थिए ।

आज बिहान २ बजे मृतकका आफन्त, मेडिकल पक्ष र जनप्रतिनिधि बीच छलफल पश्चात मृतकका आफन्तलाई क्षतिपुर्ती दिने सहमति भएपछि पोष्टमार्टमका लागि शवलाई भरतपुर अस्पतालको शव गृह पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button