१३ कार्तिक २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
२६३९ अंकले सेयर बजार झर्‍यो
Banner NewsBanner news (with photo)अर्थतन्त्रअर्थव्यवस्थाताजा समाचारदेशप्राविधिक समाचारमुख्य समाचारशेयर बजार विशेषसूचना / प्रबिधि

२६३९ अंकले सेयर बजार झर्‍यो

चितवन । सोमबार सेयर बजारको परिसूचक नेप्से ५७.९९ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २६३९ मा कायम भएको छ । बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ८ अर्ब १८ करोडको कारोबार भएकोमा आज ५ अर्ब ९० करोडको भयो ।

Nepal Himalayas Tours and Travel

२३ कम्पनीको मूल्य बढ्दा २२१ को घट्यो । सबै क्षेत्रका सेयर सूचक घटेका छन् । फाइनान्स सबैभन्दा धेरै ३.३८ प्रतिशत घट्यो । बैंकिङ २.३०, विकास बैंक १.७८, होटल तथा पर्यटन १.६६, हाइड्रोपावर २.०५, लगानी २.५१, जीवन बीमा २.१५, उत्पादन १.६५, माइक्रोफाइनान्स १.८९, निर्जीवन बीमा १.७६, अन्य २.३४ र व्यापार समूह ०.२८ प्रतिशत घटे ।

विन नेपाल लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको ९.८, कालिका लघुवित्तको ५.५ पिपुल्स हाइड्रोपावरको ४.८४, मानुषी लघुवित्तको ३.९९ प्रतिशत मूल्य बढ्यो ।

ङादी ग्रुप पावरको ९.२, गुडविल फाइनान्सको ५.६, छ्याङ्दी हाइड्रोको ४.७, इस्टर्न हाइड्रोपावरको ४.७, गोर्खाज फाइनान्सको ४.६ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, ङादी ग्रुप, कुमारी बैंक, गुडविल फाइनान्स र नेपाल फाइक्ष्नान्स क्रमशः अगाडि रहे ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button