१४ कार्तिक २०८१, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
आजबाट तीनदिन मनकामना केबलकार बन्द रहने
Banner NewsBanner news (with photo)ताजा समाचारदेशपर्यटनप्राविधिक समाचारमुख्य समाचारस्थानीय तह

आजबाट तीनदिन मनकामना केबलकार बन्द रहने

मुग्लिन(चितवन) । मनकामना केबलकार तीन दिनका लागि बन्द भएको छ । मर्मत सम्भारका लागि आज असोज २९ गतेदेखि आगामी कात्तिक १ गते सम्म बन्द गरिने भएको हो । मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने कामका लागि आज असोज २९, ३० र कात्तिक १ गते गरि तीन दिन बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।

Nepal Himalayas Tours and Travel

उनका अनुसार केबलकार कात्तिक २ गतेबाट नियमित सञ्चालनमा आउनेछ । यसअघि विजया दशमीको दिन असोज २६ गते र एकादशीको दिन २७ गते दुई दिन पनि केबलकार बन्द थियो । हिजो एक दिन भने केबलकार सञ्चालन गरिएको थियो।

गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा ल्याइएको हो । केबलकारको प्रवेशद्वार ‘बटम स्टेशन’ भने चितवनको इच्छकामना गाउँपालिका ४ चेरेसमा छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button